गुल्मीको विकासे समीक्षा : आक्रोश, गुनासा र जुहारी

विकासे कार्यालयहरुले समयमा भौतिक प्रगति गर्न नसकेको गुनासो आएपछि जिल्ला समन्वय समिति गुल्मीले जिल्लाका संघीय तथा प्रदेश सांसद, पालिका प्रमुख, राजनीतिक दल तथा सरोकारवालको उपस्थितीमा प्रगति समीक्षा गरेको छ । कार्यक्रममा...

सम्बन्धित सामग्री

इजरायल घटनापछि नेपालमा पनि आक्रोश बढ्न सक्ने भन्दै प्रहरीले बढायो सतर्कता

२२ असोज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आँकलसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ । विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त […]

चर्को ब्याजदर र अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने गरेको ब्याज निकै बढी भएको भन्दै व्यवसायीहरू आन्दोलित भइरहेका छन् । केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिका कारण वाणिज्य बैंकहरूले कर्जामा लिने ब्याजदर १० वर्ष यताकै उच्च रहेको देखिएको छ । तर, विगतमा यो भन्दा बढी ब्याजदर भए पनि यस्तो विरोध भएको भने थिएन । त्यसैले समस्या ब्याजदरमा भन्दा पनि अन्यत्र रहेको विज्ञहरूको विश्लेषण रहेको पाइन्छ । कोभिड–१० महामारी कम हुन थालेपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक भएपछि ब्याजदर उकालो लाग्न शुरू भएको हो । बजारमा तरलताको कमी हुँदै गएपछि निक्षेप तानातानको अवस्था आयो र ब्याजदर बढ्न थाल्यो । त्यसमा पनि मुलुकको विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले उपभोग घटाउन कर्जा प्रवाहमा कडाइ गर्ने नीति लियो । नेपालमा उत्पादन नहुने भएकाले उपभोग्य वस्तुहरूको ठूलो परिमाणमा आयात भएपछि विदेशी विनिमय सञ्चितिमा दबाब परेको थियो । यसलाई रोकेर उपभोग घटाउन ब्याजदर बढाउने नीति केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लियो । उसले कर्जा उपभोग निरुत्साहन गर्न बैंकदरमा वृद्धि गर्‍यो । उसको मौद्रिक नीतिबाट बैंकहरूको पूँजीको लागत बढ्न जाँदा कर्जाको ब्याजदर बढेको हो । तर, व्यवसायी र सर्वसाधारणको आक्रोश भने बैंकहरूप्रति बढी लक्षित छ । यद्यपि निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाहरूले भने राष्ट्र बैंकसँग ब्याजदर घट्ने गरी मौैद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन आग्रह गरेका थिए । ब्याजदर बढी भएपछि अर्थतन्त्रको लागत पनि बढ्छ । त्यसको मार उपभोक्ताले पाउने त छँदै छ, अर्थतन्त्रको गति समेत सुस्त हुन्छ । अहिले अर्थतन्त्र सुस्ताउनुको एउटा कारण चर्को ब्याजदर पनि हो । तर, यही विषयलाई लिएर बैंक तथा वित्तीय संस्थामाथि प्रहार हुन थालेको छ जुन गलत छ । जनतामा गलत सन्देश गयो भने के हुन्छ भन्ने कुरा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको घटनाले पुष्टि गर्छ । बैंक तथा वित्तीय संस्था भनेका विश्वासको आधारमा चल्ने संस्था हुन् । तिनमा थोरै मात्र पनि तलमाथि भयो भने ती धराशयी हुन बेर लाग्दैनन् । त्यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्छ । त्यसैले केन्द्रीय बैंकले पनि यसलाई गम्भीर रूपमा लिएर ब्याजदरसम्बन्धी नीतिमा पुनरवलोकन गर्नु उपयुक्त हुन्छ ।

समीक्षाको आक्रोश : जो अरूको कुरा काट्छ, त्यो घटिया हुन्छ

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई अपशब्द बोल्ने हक कसैलाई नभएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो कुरा काट्ने र गाली गर्नेहरूप्रति आक्रोश समेत पोखेकी छन् । उनले आफ्नो कुरा काट्नेलाई

कांग्रेसमा सत्ता गुम्दाको आक्रोश : निशानामा सभापति र महामन्त्री

गठबन्धन भत्किएर सत्ता विमुख भएको नेपाली कांग्रेसभित्र राजनीतिक घटनाक्रमको मन्थन भइरहेको छ । गठबन्धन बचाउन नसकेको भन्दै संस्थापन इतर पक्षबाट सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीको संकेत देखिन्छ ।यता संस्थापन पक्ष भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ‘अल्लारेपन’ पनि उत्तिकै जिम्मेवार रहेको बताउँछ । काठमाडौंमा सत्ता उलटफेर हुँदा साहित्य महोत्सवमा गफिन पोखरा पुगेका कारण थापा र शर्मा पनि केन्द्रीय सदस्यको प्रश्नको घेरामा परेका छन् ।समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्न

चियापान कार्यक्रममा नेताहरुको आक्रोश : काँग्रेसभित्र राजा जन्मिए

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बत

एकीकृत समाजवादीको बैठक : अपमानजनक व्यवहार भोग्नुपरेको आक्रोश

काठमाडौँ : एकीकृत समाजवादीका नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलले आफ्नो पार्टीलाई निर्वाचनका वेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।सत्ता साझेदारीका साथै गठबन्धन गरे पनि अरू दलले आफ्नो दललाई मित्रवत् व्यवहार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।यसै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको समाजवादीको बुझाइ छ। त्यसैले उक्त दलले स्थानीय निर्वाचनको समीक्षा गर्न थालेको हो।शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय निर्वाचनका लागि गम्भीर ढंगले समीक्षा गर्

बोले पल शाह : मैरै व्यवसायिक प्रतिस्पर्धीले समीक्षा अधिकारीलाई उकासे

अभिनेता पल शाहले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् । फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्र हत्या भएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धीले निज गायिकालाई मेरा विरुद्ध

कांग्रेस बैठकमा चुनाव पराजयको समीक्षा नै भएन

निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको कुनै समीक्षा नै भएन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाए पनि उक्त एजेण्डामा बैठक प्रवेश गरेन । कांग्रेस सभापति देउवाले महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएपछि असन्तुष्ठहरूको आक्रोश मत्थर भएको थियो । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू थिए । महामन्त्री सशांक कोइरालानिकट केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेकोे बताए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट भएकाले बहिस्कार गरेका हुन् ।