काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा स