संचयकर्ताको लगानीमा बन्ने बेतन कर्णाली आयोजनाको इआईएको लागि सल्लाह सुझाव दिन आह्वान

बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले बेतन कर्णाली अर्थजलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्नको लागि सल्लाह सुझावको माग गरेको छ । कम्पनीले सात दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।कम्पनीले आयोजना क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न आयोजना प्रस्तावित स्थानीय न.पा./गा.पा. तथा सो क्षेत्रको विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाब लिन आवश्यक भएकोले सार्वजनिक सूचना प्रकाशन गरेर लिखित राय सुझाव उपलब्ध गराई दिन आग्रह गरेको छ।प्रस्ताव कम्पनी बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी  र परामर्शदाता कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको ठेगानामा सल्लाह सुझाव पठाउन सकिने छ ।४३९ मेगावाट क्षमताको यस अर्थजलाशययुक्त आयोजनाले सुर्खेत जिल्लाको पंचपुरी नगरपालीकाको वडा नं. ५ र ७, चौकुने गाँउपालिकाको वडा नं. ४, ५ र ६ र अछाम जिल्लाको ढकारी गाउँपालिका को वडा नं. ५, ६, र ७ र तुर्माखाँद गाउँपालिकाको वडा नं. ३, ४, र ५ वडा प्रभाव पार्ने छ । कम्पनीले कर्णाली नदीमा बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरेको हो । प्रस्तावित आयोजनाको कुल जडित क्षमता करिब ४३९ मेगावाट हो । यसका लागि सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका वडा नं. ६ र अछाम जिल्लामा पर्ने ढकारी गाउँपालिका वडा नं. ६ को सिमानामा बग्ने कर्णाली नदीमा करिब ९० मिटर अग्लो बाँध बनाईनेछ । सो बाँधका कारण कर्णाली नदीमा करिब ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६१६.९५ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव सुक्खा समयमा करिब ५३६ घन मिटर प्रति सेकेण्ड र बर्खा याममा करिब ५५१.३३ घन मिटर प्रति सेकेण्ड हुने गरी ९९.१३ मिटरको कुल हेड प्रयोग गरी बार्षिक करिब २३६९.८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन गर्ने गरि आयोजनाको डिजाईन गरिएको छ । बाँधस्थलबाट करिब २०१७.२६,२०११.१५ र २०१७.३९ मिटर लामो ३ वटा हेडरेस सुरुंग र करिब १५१.८ मिटर लामो ३ वटा पेनस्टक पाईप मार्फत पानीलाई ढकारी गाउँपालिका वडा नं. ६ मा बनाईने भूमिगत विद्युत गृहमा ६ वटा टर्वाईनमा खसालि विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन पश्चात निस्काने पानीलाई करिब २९६.९२ मिटर लामा ६ वटा टेलरेस सुरुंगहरु र ४९६.२७ मिटरको खुल्ला निकास नहर) पुनः कर्णाली नदीमा नै छोडिनेछ । यस आयोजनाबाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् ।कम्पनीका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् ।आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी छ। यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने छन्। आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ ।आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकार राख्ने सहमति भएको छ ।

सम्बन्धित सामग्री

बेतन कर्णाली आयोजनाबाट ३८४ परिवार प्रभावित हुने

निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना ९४३ (मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपाने

बेतन कर्णाली आयोजनाबाट सुर्खेत र अछामका ३८४ परिवार प्रभावित हुने

कर्णाली – निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका ३ सय ८४ परिवार प्रभावित हुने भएका छन्। प्रवर्द्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार ३ सय ३१ परिवारले घरजग्गा दुबै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन्। आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र […]

कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको आयोजना बेतन कर्णाली

अथाह स्रोत भएर पनि सदुपयोग हुन नसक्दा पिछडिएको क्षेत्रमा परेको कर्णाली र सुदूरपश्चिम प्रदेशको समृद्धिको आयोजनाका रुपमा हेरिएको बेतन कर्णाली जलविद्युत आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । चार सय ३९ मेगावाटको क्षमताको सो आयोजनाको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ …

बेतन कर्णाली : कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको अर्को आयोजना

चार सय ३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको सुर्खेतको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा बन्न लागेको यो अर्धजलासययुक्त आयोजना हो । आयोजनाको ड्याम (बाँधस्थल) अछामको ढकारी गाउँपालिका–६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका–६ र पावरहा

बेतन कर्णाली निर्माण अर्को वर्षदेखि

बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने भएको छ । विस्तृत इन्जिनियरिङ अध्ययन, सम्भाव्यता अध्ययन र पहुँच मार्ग बनाउने काम पूरा भएसँगै निर्माण सुरु गर्ने गरी तयारी भइरहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।

बेतन कर्णाली जलविद्युत्को काम अघि बढाइँदै

कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायत काम पूरा गरिनेछ । प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले तीन वर्षको अध्ययनपश्चात् आउँदो वर्षदेखि आयोजना निर्माणको चरणमा प्रवेश गर्ने बताएको छ । ४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेस क्याम्पहाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ र बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । उत्पादित बिजुली प्रसारण लाइनमा जोड्न सुर्खेतको भूम्केमा सबस्टेशन निर्माण गर्नेगरी आयोजनाको ‘डिजाइन’ गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारका अनुसार आयोजनास्थलमा बेसिक क्याम्प हाउस, ढकारीबाट विद्युत्गृहसम्म २१ किमी पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । कम्पनीले विद्युत् खरीद सम्झौता (पीपीए)का लागि नेपाल विद्युत् प्राधिकरणसँग आवेदन दिएको छ । यस्तै वातावरणीय अध्ययन र जग्गा अधिग्रहण प्रक्रिया शुरू भइसकेको छ । ‘सुर्खेतको चौकुने गाउँपालिकातर्फको पहुँचमार्ग निर्माण भइरहेको छ, पीपीए पनि छिट्टै हुँदै छ,’ उनले भने, ‘लगानीको स्रोत पनि जुटाइसकेकाले तोकिएको समयमै निर्माण प्रारम्भ गर्ने तयारीमा छौं ।’ कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने करीब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफल जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न लागिएको हो । अछामतर्फको एक हजार ८४४ रोपनी जग्गाको मुआब्जा निर्धारण हुन बाँकी रहेको र सुर्खेततर्फ ४५० रोपनी जग्गाको मुआब्जा वितरण शुरू भइसकेको रौनियारले बताए । आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति (कन्स्ट्रक्शन पावर) कम्पनीले कैलालीको सुगरखालबाट करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने तयारी गरेको छ । त्यस्तै तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा १०० र २०० मिटर लम्बाइका एक/एक गरी चारओटा अडिट टनेल निर्माण गरिएको छ । विस्तृत इञ्जिनियरिङ अध्ययन प्रतिवेदनअनुसार १७२ दशमलव ७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा छ÷छ ढोका राखिनेछ । बाँधको पानीलाई दुई किमी लम्बाइ र आठ मिटर व्यासका तीन सुरुङबाट विद्युत् उत्पादन गृहसम्म पु¥याइनेछ । बाँधदेखि २ दशमलव १५ किमी तल भूमिगत विद्युत्गृह रहनेछ । विद्युत्गृहमा ७१ दशमलव ६८ मेगावाटका ६ टर्वाइन रहनेछन् । आयोजनाका लागि बाँध निर्माण गर्नुपूर्व कर्णाली नदीलाई ९ दशमलव ८ मिटर व्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाइका दुई डाइभर्सन टनेलबाट मोडिनेछ । आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको ७ र अछामको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यद्यपि उक्त स्थानमा मानवबस्ती न्यून छ । ८८ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माण शुरू भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुरूमा आयोजनाको अनुमानित क्षमता ६८८ मेगावाट रहे पनि अन्तिम अध्ययनबाट ४३९ मेगावाट उत्पादन हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इञ्जिनियरिङ कम्पनी लिमिटेडले सन् २०१७ अक्टोबरदेखि अध्ययन थालेको थियो । विस्तृत अध्ययनबाट दैनिक चारदेखि ६ घण्टासम्म पिकिङ हुनेगरी यस आयोजनाले मुलुकको पिक समयको ऊर्जा माग आपूर्तिमा सघाउनेछ । अर्धजलाशययुक्त भएकाले विद्युत्को उच्चतम माग हुने समयमा धेरै उपयोग हुने देखिएको कम्पनीको दाबी छ । उत्पादित विद्युत्बाट पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख तथा निर्माण सम्पन्न भएको ९ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख ८ हजार वार्षिक आय हुने अनुमान छ । आयोजना निर्माणका लागि कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चयकोषको १५, प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १० , आम नेपाली नागरिकको १३ र आयोजना प्रभावित क्षेत्रका अतिविपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यस आयोजनामा गरिएको लगानीबाट सञ्चयकर्ताको अवकाशपछिको जीवनयापनमा सहज हुने कोषको अपेक्षा छ । रासस

संचय कोषले बनाउन लागेको बेतन कर्णाली आयोजनाको जग्गा प्राप्तिको काम सुरु

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको बेतन कर्णाली अर्धजलासययुक्त जलबिद्युत आयोजनाको लागि जग्गा अधिग्रहणको तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बिरेन्द्रनगर सुर्खेतले आज बिहिबार जग्गा प्राप्तिको लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ ।कर्मचारी सञ्चयकोषको अगुवाइमा कर्मचारी संचयकोषका करिब ६ लाख सञ्चचयकर्ताहरु, कोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पाउन कम्पनी लिमिटेड संस्थापक रहेको यस बेतन कर्णाली सञ्चगयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडबाट निर्माण गर्न लागिएको प्रस्तावित ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलासययुक्त जलबिद्युत आयोजनाको लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । प्रस्तावित आयोजनाको संरचना, कार्यालय भवन, लाईन तथा बाँध निर्माणबाट डुबानमा पर्ने सुर्खेत जिल्लाको चौकुने गाउँपालिका (साविक रेक्वा गा.वि.स.) तथा पंचपुरी नगरपालिका (साविक छाप्रे गा.वि.स.) मा पहिचान गरिएका  जग्गाहरु आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने भएकाले जग्गा प्राप्तिा ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम आफै वा अख्तियार प्राप्त वारेसमार्फत मुआब्जा दाबी गर्न, आफ्नो हकवाबी, भोगचलन र जग्गाको विवरण छट भएमा वा फरक परेमा सोसम्बन्धी आफ्नो निस्सा प्रमाण (जग्गा धनीप्रमाण पूर्जा. तिरो तिरेको रसित र नागरिकताको प्रतिलिपि) सहित जिल्ला प्रशासन कार्यालय, सुर्खेत वा सम्बन्धित गाउँपालिकाको कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालय, सुर्खेत वा सम्बन्धित गाउँपालिकाको कार्यालयमा निवेदन दिन आयोजनाले आग्रह गरेको छ।आयोजनाको विद्युत्गृह, बेस क्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा बाँधस्थल दुबै गाउँपालिकाको सीमामा पर्दछ ।  आयोजनाबाट सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको ७ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका–३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यद्यपि, उक्त स्थानमा मानवबस्ती न्यून भएकाले विस्थापित हुनुपर्ने समस्या नरहेको बताइएको छ । रु ७४ अर्ब १५ करोड लागतमा निर्माण हुने अनुमान गरिएको आयोजना निर्माण शुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त हुँदा यस आयोजनाको कूल अनुमानित क्षमता ६८८ मेगावाट रहे पनि अन्तिम अध्ययनबाट ४३९ मेगावाट उत्पादन हुने देखिएको हो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनीयरिङ कम्पनी लिमिटेडले सन् २०१७ अक्टोबरदेखि थालेको अध्ययन बल्ल पूरा गरेको हो । विस्तृत अध्ययनबाट दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ हुने गरी यस आयोजनाले मुलुकको पिक समयको ऊर्जा मागलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । अर्धजलाशययुक्त भएकाले विद्युत्को उच्चतम माग हुने समयमा धेरै उपयोग हुने देखिएको कम्पनीको दाबी छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख ८ हजार वार्षिक आय हुने अनुमान छ ।विद्युत् र शेयर संरचनाविस्तृत इन्जिनीयरिङ अध्ययन प्रतिवेदन अनुसार १७२.७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा ६÷६ वटा गेट राखिनेछ । बाँधको पानीलाई विद्युत् उत्पादन गृहसम्म आठ मिटर व्यासका तीन सुरुङबाट पु¥याइनेछ । जसको लम्बाई सरदर दुई हजार १५ मिटर रहनेछ । बाँधदेखि २.०१५ किमी तल भूमिगत पावरहाउस रहनेछ । पावरहाउसमा ७१.६८ मेगावाटका ६ वटा टर्वाइन रहनेछन् । आयोजनाका लागि बाँध निर्माण गर्नुपूर्व कर्णाली नदीलाई ९.८ मिटर व्यास, ५८४ मिटर तथा ७२७ मिटर लम्बाइका दुई वटा डाइभर्सन टनेलबाट मोडिनेछ ।कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । यसबाट सञ्चयकर्ताको अवकाशपछिको जीवनयापनमा सहज हुने कोषको अपेक्षा छ । कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, आम नेपाली नागरिकको १५ प्रतिशत, आयोजना प्रभावित जिल्लाका बासिन्दाको आठ प्रतिशत र अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ ।

बेतन कर्णाली जलविद्युत् आयोजनाको इआइए शुरु

काठमाडौं - छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम शुरु गरेको छ ।  आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ । कम्पनीले आज एक सूचनामार्फत वातावरणीय प्रभाव मूल्याङ्कनको काम...

बेतन कर्णाली जलविद्युत् आयोजनाकाे इआइए सुरु

रमेश लम्साल-  काठमाडौँ : छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु गरेको छ। आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ। कम्पनीले आज एक सूचनामार्फत वातावर...