निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना ९४३ (मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् । आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी गरिएको आयोजनाका प्रबन्धक उपेन्द्र न्यौपाने