नेपालमा नाम चलेका ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा प्रत्येक १६० जना पुरुषको मिर्गौला फेल हुँदा १ सय जना महिलाको पनि मिर्गौला फेल भएको छ । यो तथ्याङ्क औसतको तथ्याङ्क हो । अर्थात् मिर्गौला फेल हुनेको सङ्ख्यालाई महिला र पुरुष छुट्याइयो भने त्यहाँ महिलाभन्दा डेढ गुना बढी पुरुषको मिर्गौलामा समस्या आएको छ । मिर्गौलामा समस्या आएपछि डाइलाइसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने कुरा पनि सामान्य नै भयो । परिवारका सदस्य वा नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने कानुनी व