मिर्गौला बिग्रिएर जीवनमा तनाव भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर, समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन सक्छ ।
झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ ।
स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् । तर, यी लक्षण पत्याउनै नसकिने हुन सक्छन् ।
मतलब मिर्गौलामा नभएर अन्य समस्या भएको जस्तो लाग्छ, जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नला...