ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् ।ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत्यारोपण टोलीमा किस्ट अस्पतालका मिर्गौला प्रत्यारोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.