काठमाडौं : सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ। टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ। सभामुखसहित ४ प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रम