काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रमुख सचेतक लेखकले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाष रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताउनुभयो । संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपतिको चुन...