सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार राजधानीमा आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्।