सीता राना मगरको ८२ रनमा नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तेस्रो तथा अन्तिम टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १६५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन जोडेको हो। नेपालको पालीमा प्रारम्भिक ब्याट्सवुमन सीता राना मगर एक्लैले ८२ रन बनाइन्। उनले ७२ बल खेल्दै सात चौका प्रहार […]

सम्बन्धित सामग्री

नेपालका ६ महिला क्रिकेटरले मलेसियन सुपर कप खेल्ने

क्यानका अनुसार कप्तान इन्दुसहित रुविना क्षत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियन सुपर वुमन्स कप खेल्ने छन् ।

डब्लुपीएलका लागि नेपालबाट ५ खेलाडी सिफारिस

काठमाडौं, २४ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट ५ खेलाडी सिफारिस भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। पहिलो संस्करणको महिला […]

सीप्यान क्रिकेट अवार्ड : दीपेन्द्र र सीता उत्कृष्ट

२४ भदौ, काठमाडौं ।  नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र सिंह ऐरी र सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा सीता राना मगरले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डसहित समान १ लाख ३२ हजार रुपैयाँ नगद हात पारे । सिताले मनोनयमा परेका ज्योति पाण्डे, […]

फेयर ब्रेकमा प्रभाव छाड्दै नेपालकी सीता राना मगर

२६ वैशाख, काठमाडौं । युएईको दुबईमा भइरहेको फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमकी अलराउण्डर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी छन् । नेपालबाट कप्तान रुविना क्षेत्री र सीता यस प्रतियोगितामा छानिएका थिए । तर सीताले लगातार तीन खेल खेल्दै दोस्रो पटक विकेट लिन सफल भइन् । रुविनाले भने एक खेलमा अवसर पाएपनि ब्याटिङ र […]

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट

१३ मंसिर, काठमाडौं । नेपालकी सीता रानामगर आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् । ६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो […]

विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

एपीएफकी सीता बनिन् ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

२८ चैत, काठमाडौं । एपीएफ क्लबकी कप्तान सीता राना मगर पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटको उत्कृष्ट खेलाडी बनेकी छन् । प्रतियोगितामा शनिबार एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै उपाधि जित्दा सीताले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । सीताले प्रतियोगितामा पाँच खेल खेल्दै ब्याटिङमा १२३ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिइन् । उनी सर्वाधिक […]

सीता बनिन् मेयर कप क्रिकेटको उत्कृष्ट खेलाडी

२८ चैत काठमाडौं । च्याम्पियन एपीएफ टीमकी कप्तान सीता राना मगर ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटको उत्कृष्ट खेलाडी बनेकी छिन् । शनिबार एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै उपाधि जित्दा सीताले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । प्रतियोगितामा पाँच खेल खेलेकी उनले १२३ रन बनाउनुका साथै ५ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउने र […]

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट खेलाडी

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार राजधानीमा आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्।