काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गरी काठमाडौंको मुख्य चोकहरुमा स्मार्ट बत्ती जडान गर्ने भएको छ। महानगरपालिकाले दशैंमा सडक उज्यालो बनाउन बत्ती जडान गर्न लागेको हो।महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बोलपत्र आह्वान गरिसकेकाले साउनभित्रै बत्ती जडान सुरु हुने बताए। उनले भने, ‘दशैं आउन लागेको छ, दशैंको बेला सडक झलमल्ल पार्ने हाम्रो योजना छ।’ उनका अनुसार सुरुमा अन्तर्राष्ट्रिय विमानस्थल, नयाँबानेश्वर,तीनकुने र कलङ्कीमा बत्ती जडान