भरतपुर महानगरपालिकाको मुख्य स्थानमा स्मार्ट बत्ती जडानको कार्य सुरु गरिएको छ । पहिलो चरणमा महानगरपालिकाले मुख्य राजमार्ग र वाइपास क्षेत्रमा र दोस्रो चरणमा भित्री सडकमा स्मार्ट बत्ती जडान गर्ने भएको हो । महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भन्नुभयो, “महानगरको मुख्य चोकमा रहेका ट्राफिक आइल्यान्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरेको छ ।” उज्यालो सहर अभियानअन्तर्गत महानगरले स्मार्ट लाइट जडान कार्य थालेको उहाँले जानकारी दिनुभयो ।