काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाण्डाैकाे कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ । आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी...