कर्णालीमा पत्रकार महासंघको चुनाव : दुई प्यानलबीच कडा प्रतिस्पर्धा

सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दुई बलियो प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्। कर्णाली प्रदेशमा सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल, जसको नेतृत्व निर्मला शर्माले गरिरहेकी छन्, एक […]

सम्बन्धित सामग्री

‘करिब १३५० मत ल्याएर जित्छु, सबै मिलेर आए कडा प्रतिस्पर्धा हुन्छ’

यदि पाँच जनाकै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु । करिब १३५० मत ल्याएर चुनाव जित्छु । यत्ति कुरो चाहिं म ठोकुवा गरेर भन्न सक्छु ।

कपिलवस्तु ३ मा कडा प्रतिस्पर्धा

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ मा प्रभावशाली मानिएका नेताहरु प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनाव रोचक भएको छ । मुलुकको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर समेत यसै क्षेत्रमा पर्ने हुँदा यहाँको चासो जिल्ला बाहिर पनि उत्तिकै छ । यहा बाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अभिषेक प्रताप साह, नेकपा एमालेबाट मंगलप्रसाद गुप्ता र जनता प्रगतिशिल पार्टीबाट ईश्वर दयाल मिश्र उम्मेदबार […]

अनिल भर्सेस जुलीमा विमलेन्द्र फ्याक्टर !

मङ्सिर ४ गतेको चुनाव जतिजति नजिकिँदै छ, धनुषा–३ नम्बर क्षेत्रमा दबाब त्यति नै बढी रहेको छ । हरेक चुनावमा चर्चामा रहने धनुषा–३ लाई यसपटक पनि चासोका साथ हेरिएको छ  ।मधेस प्रदेशको राजधानी सोही क्षेत्रमा पर्ने भएको हुनाले त्यहाँ चुनाव जित्नका लागि दलहरूको बीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३१ जना प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१ जना त स्वतन्त्र उम्मेदवार नै छन् ।को–को छन् प्रतिस्पर्धामा ?नेकपा एमालेबाट जुली महतो, राप्रपाबाट रा

मकवानपुर–१ : चुनाव नफापेका तीन नेताको कडा प्रतिस्पर्धा

२३ असोज, हेटौंडा । पञ्चायतकालदेखि नै कमल थापाका सारथि थिए दीपक सिंह । तीन दशक कमल थापासँगै रहेका हाल एमालेमा रहेका खिलप्रसाद चौलागाईं भन्छन्, ‘कमल दाइले दीपकलाई गणेश थापा जत्तिकै भाइ मान्नुभयो, दीपक सिंहले पनि प्रकाश सिंहलाई जस्तै दाइ मान्नुभयो ।’ चार दशकसम्म कमल थापाको हरेक राजनीतिक निर्णयमा साथ दिएका सिंह २०७८ फागुनबाट भने अलग […]

चुनावी सर्वेक्षण गलत साबित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने

काठमाडौँ । ब्राजिलमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७५ मत गणना सकिँदा डी सिल्भाले ४८.४५ मत पाउँदा बोल्सोनारोले ४३.२३५ मत पाएका छन् । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्राप्त मतपरिणामले शीर्ष […]

ब्राजिलमा चुनावी सर्वेक्षण गलत सावित, दोस्रो चरणको राष्ट्रपति चुनाव हुने

१७ असोज, काठमाडौं । ब्राजिलमा आइतवार सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला दा सिल्भाबीच कडा प्रतिस्पर्धा भएको छ । ९९.८७% मत गणना सकिँदा डि सिल्भाले ४८.४% मत पाउँदा बोल्सोनारोले ४३.२३% मत पाएका छन् । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । […]

फ्रान्सको राष्ट्रपतीय चुनाव : म्याक्रोँको दुईजनासँग कडा प्रतिस्पर्धा !

पेरिस । फ्रेन्च मतदाताहरूले राष्ट्रपतीय दौडका लागि अप्रत्याशित परिणाम आउनसक्ने पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् । वर्तमान राष्ट्रपति इमान्युयल म्याक्रोँको कट्टर दक्षिणपन्थी उमेदवार मरिन ले पेनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि म्याक्रोँ भन्दा पेनको चुनाव प्रचारप्रसार अभियान निकै सशक्त र परिपक्व रहेको छ । बाह्र जना उमेदवारहरूमध्ये दुई जना शीर्षस्थ उमेदवार छनोटका लागि चार...

विधानसभा चुनाव : पाँच राज्यको भाग्यको फैसला हुँदै

पाँच राज्यहरू - उत्तर प्रदेश, पञ्जाब, गोवा, मणिपुर र उत्तराखण्ड - को विधानसभा चुनावको मतगणना सुरु भएको छ । भारतीय जनता पार्टीले कम्तिमा तीनवटा राज्यमा जित्ने अपेक्षा गरिएको छ। एक्जिट पोलले बीजेपीले यूपी र मणिपुर, र सम्भवतः उत्तराखण्डलाई पनि कायम राख्ने भविष्यवाणी गरेको छ, गोवाको दौडमा काँग्रेससँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । ठूलो आश्चर्य पञ्जाबमा देखिएको छ, जहाँ अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने अपेक्षा गरिएको छ।कोभिड प्रोटोकलहरू पालना गर्दै भोटहरू गणना गरिनेछ । पहिले मतपत्र

बन्दिपुर कांग्रेसमा कडा प्रतिस्पर्धा हुने, यी हुन् अध्यक्षका आकांक्षी

तनहुँ, ३ फागुन । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाबको मिति घोषणा गरेको छ। चुनाव नजिकिदै गर्दा तनहँुको बन्दिपुर गाउँपालिकामा राजनीतिक चहलपहल सुरु भएको छ । विभिन्न दलहरु जनताको घर–घरमा पुगेर टोल समिति गठन देखि आफ्नो पार्टीको एजेण्डा बाड्न थालेका छन् । बन्दिपुर काङ्ग्रेस गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका दाबी गर्नेहरु करिब १२ जना देखिएका […]

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।