काठमाण्डाै - निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण गराएको छ ।
आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौ बुँदे ध्यानाकर्षण गराएको हो । यस विषयलाई महसुस गरी निर्वाचन आयोगले यसअघि पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन स्मरणपत्र पठाएको थियो ।
संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका सर्त तथा कानुनी प्रावधानको पालना गरी आफ्नो काम कारबाहीको विवरण कानुनबमोजिम आयोगमा पेस ग...