गुल्मीको गौडाकोटमा रहेको ग्लोवल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका छन् । लघुवित्तका शाखा प्रमुख रामहरि पौड्यालका अनुसार ऋण तिर्न नसकेका उनीहरु गाउँ छाडेर कोही बुटवल, चितवन, दाङ, नेपालगञ्ज र भारतमा गई सम्पर्कविहीन भएर बसेका छन् ।उनीहरुबाट झण्डै एक करोड ऋण असुली गर्न बाँकी रहेको पौड्यालले सुनाए । पोखरामा केन्द्रीय कार्यालय रहेको त्यस संस्थामा अहिले एक हजार ४०८ जना सदस्य छन् । स्पर्श लघुवित्त वित्तीय संस्थाका रुपमा ५ वर्ष अघिदेखि सञ्चालन रहेर गत पुस ३० गतेदेखि मर्ज भई ग्लो