स्थानीय सरकारको पहिलो निर्णय : स्वास्थ्य बीमामा छूटदेखि निःशुल्क बिजुलीसम्म

तम्घास । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रवार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छूट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरीद गर्नेलगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छूट दिने निर्णय गरेको छ । आर्थिक विपन्नताकै कारण नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छूट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए । चन्द्रकोटले पालिकामै प्रसूति हुन नसक्ने गम्भीर प्रकारका बिरामीलाई पालिका बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिने निर्णय गरेको छ । अस्पतालले रिफर गरेको काजगपत्रका आधारमा आवश्यक यातायात खर्च दिने निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । छत्रकोट गाउँपालिकाले वडा नम्बर ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर ५ खज्र्याङको लागि दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । अहिले एउटा पुरानो एम्बुलेन्स भएको र त्यो पर्याप्त नभएकाले नयाँ एम्बुलेन्स खरीद गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । त्यस्तै नागरिकको सेवा सहजताका लागि पालिकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । छत्रकोटको वडा नम्बर ६ दौघाको लिफ्टिङ खानेपानीको लागि गाउँपालिकाको बजेटबाट तीन लाख बराबरको सामग्री खरीद गर्नको लागि निर्णय गरिएको अध्यक्ष पाण्डेले बताए । मालिका गाउँपालिकाले आगामी पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने निर्णय गरेको छ । वृद्ध, अपांग र अशक्तको लागि टोल–टोलमा सामाजिक भत्ता वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए । मालिकाले राजस्व परामर्श समिति गठन गर्ने पनि निर्णय गरेको छ । गुल्मीदरबार गाउँपालिकाले बलिथुमकी नर्मदा रेश्मीलाई बिजुली जडानको लागि रु १० हजार दिने निर्णय गरेको छ । सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षका बाँकी योजना समयमै पूरा गर्ने र आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र रेग्मीले बताए । रासस

सम्बन्धित सामग्री

मन्त्रिपरिषदको निर्णय: स्वास्थ्यका प्रमुख विशेषज्ञ अब अतिरिक्त स्वास्थ्य सचिव

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।

नासोँको निर्णय : अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा

नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो […]

बेँसीसहरको पहिलो निर्णय : अतिविपन्नको स्वास्थ्य बिमा नि:शुल्क

बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुँच सहज बनाउने उद्देश्यले  स्वास्थ्य बिमा नि स् शुल्क गर्ने निर्णय गरेको हो ।बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्ह

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा तिवारीलाई पठाउने निर्णय

सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा श्रीराम तिवारीलाई पठाउने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा तिवारीलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको हो।

विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित […]