बेँसीसहरको पहिलो निर्णय : अतिविपन्नको स्वास्थ्य बिमा नि:शुल्क

बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि:शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुँच सहज बनाउने उद्देश्यले  स्वास्थ्य बिमा नि स् शुल्क गर्ने निर्णय गरेको हो ।बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई नि:शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्ह

सम्बन्धित सामग्री

मन्त्रिपरिषदको निर्णय: स्वास्थ्यका प्रमुख विशेषज्ञ अब अतिरिक्त स्वास्थ्य सचिव

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।

नासोँको निर्णय : अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा

नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो […]

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा तिवारीलाई पठाउने निर्णय

सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा श्रीराम तिवारीलाई पठाउने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा तिवारीलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको हो।

विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित […]