सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार

सेयर कारोबार मापक नेप्से परिसुचक ५४.०४ अंकले बढेको छ । बुधबार २.३३ प्रतिशतले बढेको सेयर बजार २३६४.६३ विन्दुमा रोकिएको हो । कुल २०४ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर छ ।

सम्बन्धित सामग्री

अमेरिकी कम्पनीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ । ओटीसी (ओभर द काउन्टर) बजारमा कम्पनीको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सेञ्ज (नेप्से) को तथ्यांक अनुसार कम्पनीको १३ हजार ३९२ कित्ता सेयर १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा कारोबार भएको हो । उक्त सेयर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका...

सेयर बजारमा उत्साह, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजारमा उत्साह, कारोबार रकम ५ अर्ब बढी

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सेयर बजारमा उछाल, कारोबार रकम पौने तीन अर्ब भन्दा बढी

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

दुई महिनापछि दुई अर्ब बढीको सेयर कारोबार

सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।...

नेप्सेमा ७ अंकको गिरावट, पौने २ अर्बको कारोबार

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर हिमाल दोलखा जलविद्युत्को भएको छ। यसका १ लाख २२ हजार ९२ सय १९ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै प्राइम बैंकको ३४ हजार ९८ सय ४२ कित्ता सेयर बिक्री भएको छ।...

सेयर बजारमा अहिलेसम्मकै कीर्तिमानी कारोबार

काठमाडौं। आज सेयर बजारमा कीर्तिमानी कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। तीन करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा अहिलेसम्मकै कीर्तिमानी कारोबार भएको छ। नेप्से परिसूचक २४ अंकले घटेर समग्र परिसूचक ३१ सय ५४ अंकमा आइपुग्दा पनि कीर्तिमानी कारोबार भएको हो। आज सेन्सेटिभ समूहमा १.९० अंकको गिरावट आएको छ।

सेयर बजार घटे पनि हालसम्मकै उच्च कारोबार

सेयर बजारमा  सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।  २ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो । यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ । कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस

आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अंकले घटेर २८ सय १५ अंकमा आइपुगेको छ। यसक्रममा आज १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै आज ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ।

निषेधाज्ञामा पनि साढे चार अर्बको सेयर कारोबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दिन बिहीबार सेयर बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । अनलाइनमार्फत कारोबार र भुक्तानी गर्न सकिने व्यवस्थाका कारण निषेधाज्ञाको समयमा पनि सामान्य अवस्थाकै जस्तो सेयर किनबेच भएको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८२ अंकले वृद्धि हुँदा बिहीबार २१७ कम्पनीका ९८ लाख १८ हजार कित्ता सेयर किनबेच […]