दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक गर्दै मध्य भोटेकोशी जलविद्युत

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा असार २० गते गर्ने भएको छ । जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने र विभिन्न संस्थाहरूलाई आर्थिक सहायता दिएको रकम अनुमोदन गर्ने विषय पनि सभाका लागि तय गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युत कम्पनीले डाक्यो बाह्रौं वार्षिक साधारण सभा

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वर्षिक साधारण सभा पुस २७ गते आयोजना गरेको छ । सभा बिहान  ११ बजे कुण्डलिनी दरबार ब्याक्वेट, चण्डोल, काठमाडौंमा शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले तिहारमा चिनीको अभाव टार्न भारतबाट २५ हजार मेट्रिक टन चिनी अयात गर्ने भएको छ। नगदे बालीको कारोबार उधारोमा हुन थालेपछि उखु खेतीबाट किसानहरु पलायन हुँदै गएका छन्। सरकराले नेपालको हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकता दिने गरि काम अगाडि बढाएको छ। १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।

मध्य भोटेकोशी ३ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ३ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी घटाएको हो । गत वर्ष कम्पनीको वित्तीय आम्दानी ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएकाले खुद नोक्सानी घट्न पुगेको हो । कम्पनीले हालसम्म विद्युत विक्री आम्दानी भने गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ छ । रिटेन्ड अर्निङ भने ३८ करोड ११ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा अघिल्लो वर्ष ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । वार्षिक ५७ रुपैयाँ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यस वर्ष मध्य भोटेकोशीको नोक्सानी बढ्यो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष खुद नोक्सानी बढेको हो । कम्पनीले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस वर्ष कर तिरेका कारण कम्पनीको नोक्सानी बढेको हो । कम्पनीले अघिल्लो वर्षको करबापत रू. १ करोडभन्दा बढी रकम तिरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ । रिटेन्ड अर्निङ गत वर्ष रू. २९ करोड ८३ लाखभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष रू. ३९ करोड ५१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दीर्घकालीन कर्जा रकम रू. १० अर्ब ६९ करोडभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म यो कर्जा रू. ६ अर्ब ७१ करोडभन्दा बढी थियो । कम्पनीको निक्षेप लगानी रकम गत वर्ष रू. ४९ करोड रहेकोमा यस वर्ष रू. २१ करोड रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्