औषधि व्यवस्था विभागबाट अनुगमन टोली आएको खबर पाएसँगै राजविराज क्षेत्रका औषधि पसल बन्द गर्दै सञ्चालक सम्पर्कविहीन बने । विभागको विराटनगरस्थित कार्यालयबाट अनुगमन टोली आएको सुनेपछि औषधि पसलेहरूको भागाभाग भएको हो । विभागको टोली मंगलबार साँझ अनुगमन गर्न पुगेको थियो ।