काठमाण्डाै - नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।
२०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा ...