तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले बुधबार अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन् । “हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन दिन्छौं कि अरू देशहरूको सुरक्षालाई खतरामा पार्न कसैलाई पनि आफ्नो इलाका प्रयोग गर्न दिनेछैनौँ । साथै, हामीले अन्य देशहरूले पनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरुन् भन्ने चाहन्छौं,” अखुन्जादाले वार्षिक मुस्लिम पर्व ईद अल–आदाको पूर्व सन्ध्यामा दिएको बधाई सन्देशमा भनेका छन् ।तालिवान नेताले भ