पछिल्ला वर्षहरूमा सरकारको भनाइ तथा गराइमा सामञ्जस्यता नभएका कारण लक्ष्यअनुसार वैदेशिक लगानी भित्रिन सकेको छैन । यसै पनि नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको एकतिहाइमात्र भित्रिने गरेकोमा पछिल्ला वर्षहरूमा सरकारले कानुनमा सुधार गरेको तथा लगानीयोग्य वातावरण बनाएको दाबी गरे तापनि वैदेशिक लगानी भित्रिने स्थितिमा सुधार आउन सकेको छैन । सरकारले प्रत्यक्ष वैदेशिक लगानीका निमित्त विभिन्न नीतिनियम परिमार्जन […]