एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।