इलाममा बिमानस्थल निर्माण थालिएको दशकौँ वित्यो तर तर सम्पन्न नहुँदा एकातिर सहजता थपिएको त छैन नै अर्कातिर बिमानस्थल मुनीका स्थानिय सँधै त्रासमा बाँच्ने गरेका छन् । बिमानस्थल निर्माण गर्दा निकालिएको माटो बर्खामा बग्ने र पहिरो जाने समस्याले यहाँका स्थानिय त्रसित भएका हुन् । इलाममा निर्माणाधिन सुकिलुम्बा बिमानस्थल निर्माण कार्यमा ढिलाई हुादा समस्या अझ थपिँदै गएको छ । ‘दिउशो त जसोतसो दिन कटाइन्छ रात परेपछि मरिन्छ कि भन्ने चिन्ता हुन्छ ।’ पिडित रनमाया तामाङले भनिन् । बिमानस्थलमा जम्मा भएको भेल मुनी भएका घरमा जाने भएकाले कतिखेर आउँछ र मरिन्छ भन्ने चिन्ता भएको उनले वताइन् । यहाँका स्थानियलाई जम्मा भएको भेल खोला झैँ ठुलो गरि आउने हुँदा त्रास वढेको छ ।