अछामको कमलबजार नगरपालिकामा पर्ने विमानस्थल तत्कालीन विद्रोही नेकपा माओवादीले आक्रमण गरेपछि परीक्षण उडानसमेत गर्न नपाउँदै बन्द भयो । २०५८ सालमा माओवादीले आक्रमण गरेर निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर भत्काएपछि विमानस्थल बन्द भएको हो ।