वर्तमानमा कृषि, किसान र जलवायु परिवर्तन संसारभर सबैभन्दा ठूलो चासोको विषय हो । अहिले विश्वभर करिब एक अर्ब मानिस क्रोनिकल हंगर (गम्भीर भोकमरी) बाट गुज्रिरहेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि...
RajdhaniDaily.com | जलवायु परिवर्तनका कारण परिवारमा खाद्यान्न अभाव हुँदा बालिकाको सानै उमेरमा विवाह हुने घटना बढेको छ । मौसम प्रकोप हुँदा किसान परिवार आर्थिक संकटमा परेका छन् -
जलवायु परिवर्तन नियमन सम्बन्धी नयाँ कानुन र कृषिसम्बन्धी पुरानो कानुनको विरोधमा युरोपमा किसानहरु आन्दोलित बनेका छन् । किसानहरुले युरोपेली संसदअघि प्रदर्शनका साथै मुख्य राजमार्गहरु अवरोध गरिरहेका छन् । आन्दोलनरत किसानहरुले यस पेशाबाट जीवन धान्न कठिन हुन थालेको भन्दै आफूहरुसँग अन्य विकल्प नरहेको बताएका छन् । ‘कृषि पेशाबाट जीवन धान्नै मुस्किल भइसकेको छ त्यसमाथि हामीलाई दिँदै आएको […]
भारतीय संसद्मा तत्कालीन कृषिमन्त्री बलराम जाखडले गरेको ‘किसान चमकेगा तो देश चमकेगा’ भन्ने भाषणको आजसम्म पनि चर्चा भइरहन्छ । सो भाषणलाई किसान र कृषिको महत्त्व दर्साउन उदाहरणका रूपमा प्रयोग गरिन्छ । विश्वमा बढ्दो जनसंख्या, जलवायु परिवर्तन र त्यसले कृषि उत्पादनमा पारेको नकारात्मक असरका बीच पौष्टिक खाद्य सुरक्षाको प्रत्याभूति कृषिको सबलीकरण, आधुनिकीकरण र उत्पादकत्व वृद्धिमार्फत मात्र सम्भव छ ।
भारतीय संसद्मा तत्कालीन कृषिमन्त्री बलराम जाखडले गरेको ‘किसान चमकेगा तो देश चमकेगा’ भन्ने भाषणको आजसम्म पनि चर्चा भइरहन्छ । सो भाषणलाई किसान र कृषिको महत्त्व दर्साउन उदाहरणका रूपमा प्रयोग गरिन्छ । विश्वमा बढ्दो जनसंख्या, जलवायु परिवर्तन र त्यसले कृषि उत्पादनमा पारेको नकारात्मक असरका बीच पौष्टिक खाद्य सुरक्षाको प्रत्याभूति कृषिको सबलीकरण, आधुनिकीकरण र उत्पादकत्व वृद्धिमार्फत मात्र सम्भव छ ।
हुम्ला, पुस २८। चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान कलबहादुर शाहीले आफ्नो स्याउ फार्ममा लगाएका बोटमध्ये तीनवटा ढकमक्क फुलेको बताए । उनको फार्ममा डेढ सय स्याउका बोट छन् । उनले तीन वर्षदेखि ती बोट पुसमै […]
जेठ १७, काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करीब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलवार विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताए । जुन संख्या नेपालको जम्मा मृत्युको करीब १५ प्रतिशत हो ।
विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्यांकले देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानून र निर्देशिका पारित भई लागू भइसकेको जानकारी दिइएको छ ।
‘आम जनताको सु–स्वास्थ्य सुनिश्चित गर्न, सुर्तीजन्य पदार्थ नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अमलीहरुलाई लतबाट छुटाउन विभिन्न अभियान र कार्यक्रमसमेत भइरहेका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर सुर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत् नै रहेको अवस्था छ । हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिस्कृत रुपलाई समेट्ने गरी वृहत तरिकाले कार्यक्रम सञ्चालन गर्न समेत आवश्यक देखिन्छ ।’
हरेक वर्ष आज विश्व सुर्तीजन्य पर्दाथरहित दिवस मनाउने गरिन्छ । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔं ’ भन्ने नाराका साथ मनाइने गरिएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ सबै वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय रहेको उनले विज्ञप्तिमा जनाएका छन् । सुर्तीजन्य पदार्थले प्रत्यक्षरुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको जानकारी दिको छ ।
सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग/सेवन गर्दा र प्रयोग पश्चातका फोहोरले पानीका स्रोत, माटो, वायु र सहर नै प्रदूषित भइरहेको अवस्था छ ।
विश्वमा हरेक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका लागि नष्ट गरिन्छ । सुर्ती खेतीका कारण वन फँडानी हुने र माटोको उपादकत्वमा समेत ह्रास हुने गरेको पाइएको छ । ‘सुर्तीजन्य पदार्थको उत्पादनका क्रममा निस्कने विभिन्न विषाक्त ग्यासका कारण जलवायु परिवर्तन पनि भइरहेको बताइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सुर्तीजन्य पदार्थको उत्पादन र सेवन दुबै कुरालाई निरुत्साहित गर्नु अति नै आवश्यक छ ।’ विश्वमा उत्पादन गरिने सुर्तीजन्य पदार्थमध्ये ९० प्रतिशत विकोसोन्मुख देशमा उत्पादन गरिन्छ ।
न्यून तथा मध्यम वर्गीय देशका किसान तथा सरकारले सुर्तीजन्य पदार्थ उत्पादनलाई राम्रो आयस्रोतको रुपमा लिएको देखिए पनि उनीहरुले भविष्यमा यसले निम्त्याउने गम्भीर समस्या जस्तैः खाद्य असुरक्षा, रोग, गरिबी र वातावरणीय असरबारे भने सचेत नभएको पाइन्छ । रासस
माघ २, लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ ।
आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा यो वर्ष करीब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सीमित भएको छ ।
गत वर्ष अलैंचीको विक्रीबाट रू. १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रू. तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जानकारी दिएको छ ।
यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए ।
मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए ।
त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करीब २०० किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।
गतवर्ष ४५० किलो अलैंची दाना विक्रीबाट रू. दुई लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैंची दाना विक्रीबाटै रू. दुई लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गतवर्ष रू. एक लाख २० हजार आम्दानी गरेकोमा यो वर्ष रू. ३५ हजार मात्र आम्दानी गरेको बताए ।
गतवर्ष प्रतिकिलो रू. ५०० देखि ६०० मा अलैंचीको दाना विक्री गरेका किसानले यो वर्ष रू. एक हजार ५० देखि एक हजार १०० सम्म विक्री गरेका छन् ।
अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।
व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रू. २ हजार ५०० सम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रू. ८०० देखि ९०० को हाराहारीमा छ ।
जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैंची दाना विक्री गरेर किसानले रू. १२ करोड आम्दानी गरेका थिए ।
यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैंची दानाको विक्रीबाट रू. पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैंची दाना विक्रीबाट रू. चार करोड ४८ लाख आम्दानी गरेको थियो ।
जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।
उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।
सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो रू. दुई हजार २०० सम्ममा विक्री गर्ने गरेका थिए ।
जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १ हजार ६०० देखि २ हजार २०० मिटर उचाईमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आएका छन् ।
उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महीनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु ।
दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी विक्री गर्ने गरेका छन् ।
लमजुङको १ हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् ।
जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस
‘खाद्यका लागि कृषि अभियान’ ले देशको खाना र खेतीपाती सपार्न स्थानीय विशेषतामा आधारित दिगो खेती प्रणालीको विकास गर्न सरकारसँग माग गरेको छ । अभियानले एक विज्ञप्ति जारी गरी समग्र खेतीपाती जलवायु परिवर्तन, वातावरणीय ह्रास तथा रासायनिक मलको प्रयोगले सङ्कटग्रस्त हुँदै गइरहेकाले त्यसलाई रोक्न सरकारलाई ध्यानाकर्षण गराएको छ । सामाजिक उद्यमी किसान किसानीबाट घरबार चल्न नसकेर कृषि क्षेत्रबाट पलायन हुँदै गइरहेको उल्लेख गर्दै अभियानले १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको तर त्यसलाई उपयोगमा ल्याउन सरकार गम्भीर नरहेको आरोप लगाएको छ ।