अस्ट्रेलियामा लकडाउन विरुद्ध प्रदर्शन गर्ने हजारौं गिरफ्तार

सो क्षेत्रमा संक्रमितको संख्या डरलाग्दो संख्यामा बढेको भन्दै लकडाउन गरिएको सरकारी पक्षले जनाएको छ ।

सम्बन्धित सामग्री

चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

काठमाडौं । चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा भने कोरोना संक्रमण बढीरहेको चिनियाँ अधिकारीहरूले बताएका हुन् । नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक गतिविधि ठप्प पारेको भन्दै आन्दोलन चर्किएपछि चिनियाँ उपप्रधानमन्त्री सन चनलानले देशले […]

विरोध र प्रदर्शनपछि चीनमा लकडाउन खुकुलो

चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ । साङ्घाई र गोङजाउ सहरका केही जिल्लामा लकडाउन हटाइएको छ । त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । चीनका उपप्रधानमन्त्री सन चुनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् । सरकारले बाहि...

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रदर्शन

चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि  विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् । चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रम...

चीनमा लकडाउनविरुद्ध प्रदर्शन

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा सर्वसाधारणले प्रदर्शन गरेको देखिएको हो। एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि स्थानीयले प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्। उरुम्कीका बासिन्दा स्थानीय अधिकारीसँग विवाद गरिरहेको तथा तारबार ढलाएको तथा कोरोना लकडाउन अन्त्य गर्न माग गर्दै नाराबाजी गरेको […]

तिब्बतमा लकडाउनविरुद्ध विशाल प्रदर्शन

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भएको छ । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन् । तिब्बतमा झण्डै तीन महिनादेखि कडा लकडाउन गरिएको छ । मूख्य भूमि चीनबाट आएका हान जातिका कामदारहरु प्रदर्शनमा उत्रिएको बताइएको छ । सामाजिक संजालमा आएका […]

सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन

काठमाडौँ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक केन्द्र सेन्जेन सहरमा सरकारले अचानक लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको भिडियो फुटेज सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उक्त भिडियो फुटेजको सत्यता पुष्टि गरेको सिंगापुरमा आधारित च्यानल न्यूज एसियाले जनाएको छ । […]

युरोपियन मुलुकमा फेरी लकडाउन सुरु, नयाँ प्रतिबन्धात्मक व्यवस्था विरुद्ध प्रदर्शन

युरोपमा कोभिड-१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।हेगमा प्रदर्शनकारीहरूले प्रहरी माथि आगो फ्याकेका थिए। उनीहरूले साइकल पनि जलाइ दिए।अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो। अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू ''निकै चिन्तित'' रहेको जनाएको छ।विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने बताए।'कोभिड १९ फेरि हाम्रो क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ,''उनले भने। भाइरससँग लड्नका लागि खोप अनि मास्क लगाउने जस्ता गरिनुपर्ने कार्यहरूबारे सर्वसाधारणहरूलाई थाहा भएको उनले टिप्पणी गरे।कोभिड सङ्क्रमण फैलन नदिनका लागि कैयौँ सरकारहरूले नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।प्रदर्शननेदरल्यान्ड्सका कैयौँ सहरहरूमा लगातार दोस्रो रात प्रदर्शनहरू भए। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार कसैले एउटा झ्यालबाट बिरामी बोकेको एम्बुलेन्समा ढुङ्गा प्रहार गरेका थिए। अधिकारीहरूका अनुसार पाँच जना प्रहरी घाइते भएका छन्।घुँडामा चोट लागेका एक जनालाई एम्बुलेन्समार्फत उद्धार गरिएको छ। शुक्रवार प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्ध विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका थिए।महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ।रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्।सन् २०२२को फेब्रुअरीमा कोभिड विरुद्धको खोप अनिवार्य बनाउने योजना र नयाँ राष्ट्रव्यापी लकडाउन सार्वजनिक गरिएसँगै अस्ट्रियाको हजारौँ प्रदर्शनकारीहरू अस्ट्रियाको राजधानी भियनामा विरोधमा उत्रिएका छन्।युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी प्रावधानका रूपमा अघि सार्ने अस्ट्रिया पहिलो मुलुक हो। सोमवारदेखि उक्त देशमा २० दिनसम्म चल्ने लकडाउन सुरु हुने छ। अत्यावश्यक सामाग्री बेच्ने पसल मात्रै चल्न पाउने छन् भने कर्मचारीहरूले घरबाटै काम गर्नुपर्ने छ।त्यस्तै क्रोएशियामा पनि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा राजधानी जाग्रेबमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्।इटलीमा कार्यालय, सार्वजनिक सवारीका साथै अन्य विभिन्न स्थानमा प्रवेश पाउनका लागि अनिवार्य बनाइएको। 'ग्रिन पास'को विरोधमा केही हजारको सङ्ख्यामा रहेका मानिसहरू प्रदर्शनमा उत्रिएका छन्। -बिबिसीबाट

लण्डनमा लकडाउन विरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रह

अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका शहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न शहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे । सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लक