सरकारले अचानक लकडाउन घोषणा गरेपछि चीनको सेन्जेन सहरमा प्रदर्शन

काठमाडौँ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक केन्द्र सेन्जेन सहरमा सरकारले अचानक लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको भिडियो फुटेज सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उक्त भिडियो फुटेजको सत्यता पुष्टि गरेको सिंगापुरमा आधारित च्यानल न्यूज एसियाले जनाएको छ । […]