काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिका नाममा राजनीतिक दलले कार्यकर्तामार्फत भ्रष्टाचार गरिरहेको पुनः दोहोर्याएकी छन्। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बिहीबार भएको बैठकमा मन्त्री झाँक्रीले अधिकांश उपभोक्ता समितिले पैसा लगेर ठेक्कामार्फत काम गरिरहेकोसमेत बताएकी हुन्। ‘कतिपय स्थानमा विपन्न नागरिक प्लाष्टिकको छानामुनि बस्न बाध्य भए पनि ‘भ्यु टावर’ लगायतका संरचनामा बजेट छुट्ट्याइएको छ’, मन्त्री […]