एसईईका विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम

काठमाण्डाै – नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको  निःशुल्क सिम उपलब्ध गराउने भएको छ । सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ ।विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने पुरानै सिममा विभिन्न अफरहरु उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि नयाँ मोबा...

सम्बन्धित सामग्री

विपन्नका लागि सात सरकारी अस्पतालले छुट्याए २०२८ नि:शुल्क बेड

अन्य अस्पतालमा रहेका क्रिटिकल केयर र क्याबिनबाहेकका बेड सर्वसाधारणका लागि नि:शुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी  सातवटा ठूला सरकारी अस्पतालले विपन्नका लागि नि:शुल्क जनरल बेड छुट्याएका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालहरूले विपन्नका लागि...

नि:शुल्क आँखा परीक्षण

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पत्रकारहरूको नि:शुल्क आँखा जाँच गरिएको छ । विभिन्न आँखा अस्पतालसँगको सहकार्यमा पत्रकार महासंघ र यसका शाखाहरूले नि:शुल्क आँखा जाँच गर्ने व्यवस्था मिलाएका हुन् ।  त्रिभुवन विश्वविद्यालय–नेपाल नेत्रज्योति...

बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई

बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।  मंगलबार नि:शुल्क वाइफाई इन्टरनेट सुविधा...

काठमाडौंमा ३७ संस्थाले दिन थाले नि:शुल्क शौचालय सेवा

नि:शुल्क शौचालयको संख्या एक सय २०, सबै खर्च सेवाप्रदायकले नै व्यहोर्ने  काठमाडौं महानगरपालिकाभित्र नि:शुल्क शौचालय सञ्चालन गर्ने संस्थाको संख्या ३७ पुगेको छ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउने इच्छा देखाएका संघ–संस्थासँग...

वृज सिमेन्टको नि:शुल्क स्वास्थ्य शिविर

वृज सिमेन्ट इण्डष्ट्रिजले साउनको अन्तिम सोमबारको अवसर पारेर पशुपतिनाथमा नि:शुल्क स्वास्थ्य शिविर सेवा सञ्चालन गरेको छ ।सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई नि:शुल्क खानेपानी, फलफूल जुसलगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनको नि:शुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको हो ।स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त […]

टेकु अस्पतालमा नि:शुल्क इमरजेन्सी उपचार सेवा सुरु

काठमाडौं : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले इमरजेन्सी सेवा नि:शुल्क उपलव्ध गराउन थालेको छ। चौविसै घण्टा इमरजेन्सी सेवा नि:शुल्क गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।नि:शुल्क इमजेन्सी सेवामा अत्यावश्यक औषधि र अत्यावश्यक प्रयोगशाला परीक्षण समेत समेटिएको छ। सरकारले २०७७ सालमा १५ वटा संघीय अस्पतालबाट गरिब तथा असाहयलाई आकस्मिक सेवा नि:शुल्क दिने घोषणा गरेको थियो। त्यसको कार्यविधि बनेर घोषणा समेत भइसकेको छ।यस्तै हाल टेकु अस्पतालमा सर्वसाधारणक

आइफोन १२ नि:शुल्क मर्मत गरिदिने एप्पलको घोषणा

एप्पलले आइफोन १२ सिरिजका लागि नि:शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो नि:शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ । आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको गुनासोसँगै एप्पलले यो नि:शुल्क मर्मत कार्यक्रको घोषणा गरेको […]

कुवेत र बहराइनमा नेपाली कामदारको लागि नि:शुल्क स्वास्थ्य परीक्षण

दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले […]

गर्भवती महिलाका लागि खुशीको खबर, नोबेलमा प्रसुती सेवा नि:शुल्क

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नि:शुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा नि:शुल्क प्रसुती गराउँन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै नि:शुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुन: नि:शुल्क... The post गर्भवती महिलाका लागि खुशीको खबर, नोबेलमा प्रसुती सेवा नि:शुल्क appeared first on Purbeli News.

वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो । महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो । यसपटक महानगरपालिकाले ३१ लाख […]