नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि आक्रमण

रामप्रकाश पुरी ।। जीन्युजको तुच्छता : साम्राज्यवादी जुठ्यानको फोहर जीन्युजको तुच्छ क्रियाकलापले नेपालको सार्वभौमिकताको सम्मानमा चोट लागेको कुरा स्पष्ट छ । त्यो एक प्रकारले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथिको आक्रमण पनि हो । ब्रिटिस साम्राज्यवादको विश्वव्यापी दबदबा चलिरहेका बेला उपनिवेश कालको उत्कर्षता थियो । त्यस बेला भारतका सयौँ राज्य त्यो औपनिवेशिकताको दासत्वमा विलीन भएका बेला नेपाल नै एउटा त्यस्तो मुलुक थियो, जसले आफूलाई ठाडो शिर बनाएर विश्वसामु सार्वभौम र स्वतन्त्र मुलुकको रूपमा उभ्याउन सफल भएको थियो । त्यो सफलता साम्राज्यवादको कुनै सदासयताबाट नभई देशभक्तिपूर्ण भावना, सङ्घर्ष र कूटनीतिक चातुर्यताबाट प्राप्त भएको थियो । जनतामा भएको देशभक्ति भावनाको विजयका कारणले शासकवर्ग पनि साम्राज्यवादका विरुद्ध खडा हुने हैसियत राख्दथे । त्यो नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताका लागि स्वर्णीम इतिहास थियो । पछिल्लो समय अर्थात् केही सुगौली सन्धिपछि र केही राणाकालबाट कमजोर बन्दै गएको नेपालको राष्ट्रियता भारतभूमि स्वतन्त्र बनेपछि पैदा भएको भारतीय नयाँ शासकवर्गको मिचाइमा पर्दै आएको छ । उनीहरूमा देखिएको ब्रिटिस साम्राज्यवादी जुठ्यान भारतमा रहेका राज्यका लागि मात्र समस्याको रूपमा रहेको छैन । उक्त जुठ्यानमा हुर्किएको भारतीय साम्राज्यवादी विषवृक्षको छाया स्वतन्त्र र सार्वभौमिक मुलुकमा पनि पर्दै आएको छ । भारतीय शासक प्रवृत्तिका विरुद्ध नेपाली जनताले त्यत्तिकै विरोध गर्नुपरेको हैन । उनीहरूको मिचाह, हेपाह र साम्राज्यवादी क्रियाकलापका कारणले नेपाली जनताले भारतीय शासकवर्गको विरोध गर्नुपरेको हो । तर जनताको तर्फबाट त्यस प्रकारले भारतीय साम्राज्यवादका विरुद्ध आवाज प्रखर हुँदै आएको भए पनि नेपाली शासकवर्गमा भने सामन्तवाद र साम्राज्यवादपरस्त चरित्र कायम रहँदै आएको छ । त्यसको परिणाम यो भएको छ कि जनता र शासकवर्गबिचमा नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताप्रतिको बुझाइमा फरक रहेको छ । पुर्खाले निर्माण गरेको गरिमामय विरासतलाई सम्झौताहीन प्रकारले अगाडि बढाउनुपर्छ भन्ने जनताको बुझाइ छ भने स्वार्थलाई केन्द्रमा राखेर साम्राज्यवादी चलखेललाई स्वीकार गर्ने, विभिन्न सन्धिसम्झौता गर्ने, मुलुकलाई उपनिवेश बनाउन खोज्ने शक्तिलाई विभिन्न सुविधा उपलब्ध गराउने आदि कैयन् सम्झौतासहित सत्ता र कुर्सीका लागि राष्ट्रघातसमेत गर्ने चरित्र नेपाली शासकवर्गमा रहँदै आएको छ ...

सम्बन्धित सामग्री

अमेरिकी हमलामा १६ इराकी नागरिकको मृत्यु

वासिङ्गटन डिसी– अमेरिकाले गरेको हवाई आक्रमणमा १६ जना इराकी नागरिक मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण भएको भन्दै निन्दा गरेको छ । यस्तै, थप आक्रमण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ। सरकारी प्रवक्ताले  नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना […]

सेनामाथि मात्र किन आँखा?

विश्वको पुरानो सैनिक संगठनमध्येको हाम्रो देशको राष्ट्रिय सेना अर्थात् नेपाली सेनामाथि दुई किसिमबाट आक्रमण भइरहेको पाइन्छ। एकखाले आक्रमण राष्ट्र, धर्म र राजाको सवालमा देशभक्त तथा राजावादीको आक्रोश र असन्तुष्टिबाट देखिन्छ भने अर्काेखाले आक्रमण यो देशको स्वाधिनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता देख्न नचाहने/नसक्ने साथै भूराजनीतिक रणनीति दाउपेजमा संलग्न स्वदेशी तथा विदेशी मिसनरी सक्रिय भएको पाइन्छ। […]

सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो । पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो । ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो । तर चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्...

युक्रेन समस्यामा रुसी र अमेरिकी साम्राज्यवादको स्वार्थ

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले रूसले युक्रेनमाथि गरेको आक्रमण दुई साम्राज्यवादीहरुको स्वार्थको परिणाम भएको बताउनुभएको छ । रुस–युक्रेन समस्याका विषयमा बसेको पार्टी बैठकले युक्रेनमा त्यस प्रकारको स्थिति पैदा हुनुको कारण रूसी र अमेरिकी साम्राज्यवादबीचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध भएको निष्कर्ष निकालेको छ । साम्राज्यवादबीचका अन्तर्विरोधका कारणले युक्रेनको राष्ट्रियता र सार्वभौमिकता तथा विश्वको …

क्वाडको बैठकमा चीनलाई चेतावनी

काठमाडौं– हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए । ‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर […]

पत्रकारिता र देश

मुक्तिबन्धु लाग्छ, नेपालमा कतिपय ठूला मिडियाहरु नेपाल र नेपालीको हित–भलाइका पक्षमा चिन्तनशील र क्रियाशील छैनन् । उनीहरुलाई विशेषतः इन्डोअमेरिकी हितको चिन्ता छ । एमसीसी पारित नहोला कि भन्ने चिन्ता छ । मुलुकमा विगत केही महिनाबाट अर्थराजनीतिक वृत्तमा एमसीसीको व्यापक आक्रमण छ । शीर्ष राजनेताहरु र तिनका पिछलग्गुहरु शेरबहादुरको नेतृत्वमा परिबन्ध मिलाएर मुलुकको सार्वभौमिकता र स्वाधीनता […]

रुस–युक्रेन युद्धको एक वर्ष : विश्वव्यापी सङ्कट उत्पन्न

रुस–युक्रेन युद्धको एक वर्ष बित्यो। युद्धले त्यसअघिको युक्रेन र अहिलेको युक्रेनको अवस्था तुलना गर्न नमिल्ने गरी जर्जर बनायो। रुसले गत वर्ष फेब्रुअरी २४ कै दिन युक्रेनमा आक्रमण गरेर युद्धको उद्घोष ग-यो। युद्धलगत्तै नेपाललगायत एकथरी विश्व समुदायले युद्धको पक्षमा नभई युक्रेनको सार्वभौमिकता र जनताको पक्षमा रहेको उद्घोष गर्दै युद्ध नगर्न अपिल ग-यो तर युद्ध रोकिएन।