पत्रकारिता र देश

मुक्तिबन्धु लाग्छ, नेपालमा कतिपय ठूला मिडियाहरु नेपाल र नेपालीको हित–भलाइका पक्षमा चिन्तनशील र क्रियाशील छैनन् । उनीहरुलाई विशेषतः इन्डोअमेरिकी हितको चिन्ता छ । एमसीसी पारित नहोला कि भन्ने चिन्ता छ । मुलुकमा विगत केही महिनाबाट अर्थराजनीतिक वृत्तमा एमसीसीको व्यापक आक्रमण छ । शीर्ष राजनेताहरु र तिनका पिछलग्गुहरु शेरबहादुरको नेतृत्वमा परिबन्ध मिलाएर मुलुकको सार्वभौमिकता र स्वाधीनता […]

सम्बन्धित सामग्री

‘उत्पादनमूलक र निर्यातमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ’

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युटले संयुक्तरूपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कृत गरिएको छ ।  कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमका विषयमा धारणा राखे । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजीक्षेत्रलाई उत्साहित बनाउनुपर्ने उनले सुझाए ।  सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै, विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्न सरकारले निजीक्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा, व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा समिटको दौरान भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, प्रतिनिधिसभाका सदस्यज्यूहरु, राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिवहरू, विभिन्न संघ/संस्थाका नेतृत्व, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यबद्धता समेत समेटिएको छ ।  कार्यक्रमको विषयमा नेपाल बिजनेश इन्स्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए ।  कार्यक्रममा मन्तव्य राख्दै मन्त्री रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालालाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको बताए । उनले आर्थिक जगतका विविध विषयलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारलाई सम्मान गर्न पाउँदा गर्वित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा सहयोग गर्ने अपेक्षा व्यक्त गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले आर्थिक पत्रकारलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्राडा कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभएको थियो ।  समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्स्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५ भित्र पर्न सफल लेखका सर्जकलाई पुरस्कृत गरिएको छ । प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमश: प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान प्राप्त गर्दै क्रमश: नगद एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । थप १० उत्कृष्ट लेखका सर्जक पत्रकारहरू कमलबहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मतबहादुर नेपाली र वेणुप्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद १० हजार र प्रमाणपत्र पाए ।  सिबिफिनका सचिव कुशप्रसाद मल्लीले सञ्चालन गरेको कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सञ्चालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष, नेपाल वित्तीय संस्था संघका प्रतिनिधिलगायत विभिन्न संघ/संस्थाका नेतृत्व तथा प्रतिनिधि, बैंकर्स, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्छ : मन्त्री किराँती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन्।नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किराँतीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए।“नयाँ जहाज किन्ने तयारी भइरहेको छ। घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ”, उनले भने।जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री

नगरपालिकाले पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने

गोलबजार– लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।  देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरूपमा सबै सहयोग उपलब्ध गराउने विश्वास […]

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहेका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पारेका थिए । पुस्तकको मूल्य रु ४५० तोकिएको छ ।

युएईमा पत्रकार पाण्डेलाई तीन महिनाको जेल सजाय

यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ।उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ।यूएईको कानुनअनु

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो – प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।      “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”      अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

उज्यालोकर्मी रमेश गिरीलाई देश पत्रकारिता पुरस्कार

भक्तपुर, साउन २३ – भक्तपुरका उज्यालोकर्मी पत्रकार रमेश गिरीलाई देश राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । देश पब्लिकेशन प्रालिद्धारा प्...