नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले शंकर पोखरेलले संविधानविपरीत मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । खानले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानविपरीत कदम भएको बताएका हुन् ।रातोपाटीसँग कुराकानी गर्दै खानले भने, ‘हामीसँग बहुमत सदस्य भएको अवस्था अल्पमतको पार्टीलाई सपथग्रहण गराउने कार्य अलोकतान्त्रिक हो । यसले भोलिका