एक्सेल डेभलपमेन्ट बैंकले कमायो साढे १० करोडभन्दा बढी नाफा

वैशाख १३, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १० करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा भने १० प्रतिशत कम नाफा गरेको हो ।  गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. ११ करोड ७७ लाखभन्दा बढी थियो । यस वर्ष बैंकको सञ्चालन नाफा ७ दशमलव १६ प्रतिशत बढी भएपनि रू. २ करोड ९० लाखभन्दा बढी गैर सञ्चालन खर्च भएकाले खुद नाफा घट्न पुगेको हो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ करोड १३ लाखभन्दा बढी रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १ अर्ब १५ करोड १७ लाख ९२ हजार रहेको छ । शेयर प्रिमियममा रू. ९८ लाखभन्दा बढी रहेको बैंकको रिटेन्ड अर्निङ रू. ११ करोड ४६ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ३६ करोड ७५ लाखभन्दा बढी रहेको छ ।  गत वर्षभन्दा यस वर्ष ८ दशमलव २० प्रतिशत कम रू. १० अर्ब ४६ करोड निक्षेप संकलन गरेको बैंकले १२ दशमलव ४० प्रतिशत बढी रू. १० खर्ब ३४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव ६२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ६७ प्रतिशत पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव ७२ रहेको छ ।                                                                      स्रोत : कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण 

सम्बन्धित सामग्री

१७ विकास बैंकमध्ये ११ मात्रै नाफामा, सबैभन्दा बढी मुक्तिनाथ र गरिमाको

काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा १७ विकास बैंकमध्ये ११ ओटा बैंक मात्रै नाफामा छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत आवको साउनदेखि जेठसम्ममा ११ विकास बैंक नाफामा छन् भने बाँकी ६ बैंक घाटामा छन् । नाफामा रहेका ११ बैंकले कुल रू. ५ अर्ब १० करोडभन्दा बढी नाफा कमाएका छन् । सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा शीर्षमा मुक्तिनाथ विकास बैंक छ । बैंकले जेठ मसान्तसम्ममा रू. १ अर्ब ९ करोडभन्दा बढी नाफा कमाएको हो । यो सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । बैंकले ११ महीनामा  रू. ८२ करोड २ लाख नाफा कमाएको छ । त्यस्तै सबैभन्दा कम नाफा ग्रीन डेभलपमेन्ट बैंकले रू. ४९ लाख ५ हजार नाफा कमाएको छ ।  यस्तै, कर्णाली बैंक, सिन्धु विकास बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक घाटामा छन् । यी बैंकहरूमध्ये सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक रू. २८ करोडभन्दा बढी घाटामा छ । सर्वाधिक घाटामा रहेका बैंकको सूचीमा दोस्रोमा एक्सेल डेभलपमेन्ट बैंक छ । उक्त बैंक रू. ८ करोड ९७ लाखभन्दा बढी घाटामा छ ।  कुन बैंक कति नाफा/नोक्सानमा ?

१७ मध्ये पाँच विकास बैंक नोक्सानीमा, बढी नाफा कमाउने मुक्तिनाथ विकास बैंक

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को आठ महीनाको अवधिमा १७ ओटा विकास बैंकमध्ये १२ ओटाले मात्रै खुद नाफामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म पाँच विकास बैंक भने खुद नोक्सानीमा छन् ।  सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक नोक्सानीमा छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी रू. २५ करोड ७० लाख नोक्सानी व्यहोरेको छ ।  नाफामा रहेका १२ कम्पनीहरूमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि छ । यस कम्पनीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म रू. ८७ करोड ३६ लाख नाफा कमाएको हो । त्यस्तै दोस्रोमा गरिमा विकास बैंकले रू. ६६ करोड ३३ लाख नाफा कमाएको छ । यस अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रू. ५५ करोड ७१ लाख नाफा कमाएको छ । नाफामा रहेका कम्पनीहरूमध्ये सबैभन्दा कम ग्रीन डेभलपमेन्ट बैंकले रू. ७६ लाख ३ हजार नाफा कमाएको छ ।

यसवर्ष एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा साढे ५२% कम

माघ १३, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ७० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ९ करोड ९३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५२ दशमलव ६६ प्रतिशत कम भएको हो । सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ५२ दशमलव ६६ प्रतिशतनै घटेको छ ।  गत वर्ष रू. १४ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७१ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड २४ लाखभन्दा बढी छ ।  ३० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब १५ करोडभन्दा बढी पु¥याएको कम्पनीको शेयर प्रिमियम र रिटेन्ड अर्निङ सहित जगेडा कोष रकम रू. ४२ करोड ११ लाखभन्दा बढी कायम भएको छ ।  गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम १६ दशमलव २२ प्रतिशत घटेको हो । यस अवधिसम्म जगेडा कोष रकम गत वर्ष रू. ५० करोड २६ लाख ६२ हजार थियो । निक्षेप संकलन गत असार मसान्तसम्मको भन्दा २ दशमलव ३६ प्रतिशत वृद्धि भई रू. ११ अर्ब ६६ करोडभन्दा बढी भएको छ भने कर्जा प्रवाह १२ दशमल ४६ प्रतिशत बढी रू. १० अर्ब ३४ करोडभन्दा बढी भएको छ ।  निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव शू्न्य ५ रहेकोमा यस वर्ष बढेर ३ दशमलव ७१ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ५६ छ ।

एक्सेल डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १८ असार २०७८)

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रु. २४ करोड ३३ लाख ३६ हजार २६७ दशमलव ४२ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. ८१ करोड ११ लाख २१ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रु. २६ करोड ९४ लाखभन्दा बढी, रिटर्न अर्निङमा रु. १९ करोड ५७ लाखभन्दा बढी र शेयर प्रिमियममा रु. ४८ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म रु. ९ करोड ५७ लाखभन्दा बढी वितरणयोग्य नाफा रहेको कम्पनीले रु. ११ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । बिहीवार कम्पनीको शेयर मूल्य २ दशमलव २३ प्रतिशत अर्थात् प्रतिकित्ता रु. १७ ले बढेर अन्तिम मूल्य रु. ७८१ कायम भएको छ । निष्कर्ष कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ४३ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ४५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयर मूल्य रु. ७८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७५३ मा टेवा पाउने र महँगिए रु. ८२० मा प्रतिरोध पाउने देखिन्छ ।