यसवर्ष एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा साढे ५२% कम

माघ १३, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ७० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ९ करोड ९३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५२ दशमलव ६६ प्रतिशत कम भएको हो । सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ५२ दशमलव ६६ प्रतिशतनै घटेको छ ।  गत वर्ष रू. १४ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७१ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड २४ लाखभन्दा बढी छ ।  ३० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब १५ करोडभन्दा बढी पु¥याएको कम्पनीको शेयर प्रिमियम र रिटेन्ड अर्निङ सहित जगेडा कोष रकम रू. ४२ करोड ११ लाखभन्दा बढी कायम भएको छ ।  गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम १६ दशमलव २२ प्रतिशत घटेको हो । यस अवधिसम्म जगेडा कोष रकम गत वर्ष रू. ५० करोड २६ लाख ६२ हजार थियो । निक्षेप संकलन गत असार मसान्तसम्मको भन्दा २ दशमलव ३६ प्रतिशत वृद्धि भई रू. ११ अर्ब ६६ करोडभन्दा बढी भएको छ भने कर्जा प्रवाह १२ दशमल ४६ प्रतिशत बढी रू. १० अर्ब ३४ करोडभन्दा बढी भएको छ ।  निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव शू्न्य ५ रहेकोमा यस वर्ष बढेर ३ दशमलव ७१ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ५६ छ ।

सम्बन्धित सामग्री

एक्सेल डेभलपमेन्ट बैंकले कमायो साढे १० करोडभन्दा बढी नाफा

वैशाख १३, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १० करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा भने १० प्रतिशत कम नाफा गरेको हो ।  गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा रू. ११ करोड ७७ लाखभन्दा बढी थियो । यस वर्ष बैंकको सञ्चालन नाफा ७ दशमलव १६ प्रतिशत बढी भएपनि रू. २ करोड ९० लाखभन्दा बढी गैर सञ्चालन खर्च भएकाले खुद नाफा घट्न पुगेको हो । तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ करोड १३ लाखभन्दा बढी रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १ अर्ब १५ करोड १७ लाख ९२ हजार रहेको छ । शेयर प्रिमियममा रू. ९८ लाखभन्दा बढी रहेको बैंकको रिटेन्ड अर्निङ रू. ११ करोड ४६ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ३६ करोड ७५ लाखभन्दा बढी रहेको छ ।  गत वर्षभन्दा यस वर्ष ८ दशमलव २० प्रतिशत कम रू. १० अर्ब ४६ करोड निक्षेप संकलन गरेको बैंकले १२ दशमलव ४० प्रतिशत बढी रू. १० खर्ब ३४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव ६२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ६७ प्रतिशत पुगेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव ७२ रहेको छ ।                                                                      स्रोत : कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण