१७ विकास बैंकमध्ये ११ मात्रै नाफामा, सबैभन्दा बढी मुक्तिनाथ र गरिमाको

काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा १७ विकास बैंकमध्ये ११ ओटा बैंक मात्रै नाफामा छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत आवको साउनदेखि जेठसम्ममा ११ विकास बैंक नाफामा छन् भने बाँकी ६ बैंक घाटामा छन् । नाफामा रहेका ११ बैंकले कुल रू. ५ अर्ब १० करोडभन्दा बढी नाफा कमाएका छन् । सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा शीर्षमा मुक्तिनाथ विकास बैंक छ । बैंकले जेठ मसान्तसम्ममा रू. १ अर्ब ९ करोडभन्दा बढी नाफा कमाएको हो । यो सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । बैंकले ११ महीनामा  रू. ८२ करोड २ लाख नाफा कमाएको छ । त्यस्तै सबैभन्दा कम नाफा ग्रीन डेभलपमेन्ट बैंकले रू. ४९ लाख ५ हजार नाफा कमाएको छ ।  यस्तै, कर्णाली बैंक, सिन्धु विकास बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक घाटामा छन् । यी बैंकहरूमध्ये सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक रू. २८ करोडभन्दा बढी घाटामा छ । सर्वाधिक घाटामा रहेका बैंकको सूचीमा दोस्रोमा एक्सेल डेभलपमेन्ट बैंक छ । उक्त बैंक रू. ८ करोड ९७ लाखभन्दा बढी घाटामा छ ।  कुन बैंक कति नाफा/नोक्सानमा ?