जनकपुरधाम : मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेश सरकारले असार १ गतेभित्र प्रदेशसभामा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम बजेट प्रस्तुत गर्न लागेको हो।बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।अर्थमन्त्री साहले चालु वर्षभन्दा करिब १० अर्ब बढीको हाराहारीमा बजेट आउन सक्ने बताए। मन्त्री साहले बजेटमा स्व