मधेश प्रदेश सरकारले यस वर्षको जेठ मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ ।प्रदेश सरकारले विभिन्न मन्त्रालय र मातहतमा रहेको निकायको चालु खर्चतर्फ ४५.१२ प्रतिशत र पुँजीगततर्फ २५.१३ प्रतिशत गरी औसत ३३.९९ प्रतिशत बजेट चालु आर्थिक वर्षको ११ महिनामा खर्च गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा विभिन्न श