मधेश प्रदेश : ६४ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३० प्रतिशत खर्च

जनकपुरधाम : मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ मा ६४ दशमलव ४ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सरकारले विकास (पुँजीगत) बजेट ६१ प्रतिशत मात्र खर्च गरेको छ। विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले चालू खर्चसमेत ६७ दशमलव ९२ प्रतिशतभन्दा बढी…

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ७ महीनामा १०.६२ प्रतिशत बजेट खर्च

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४४ अर्ब १९ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएकोमा सात महीनामा ४ अर्ब ६९ करोड १९ लाख ६ हजार रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको १० दशमलव ६२ प्रतिशत मात्र हो । प्रदेश सरकारको बजेट चालूतर्फ १३ प्रतिशत र पूँजीगततर्फ ६ प्रतिशत मात्र खर्च भएको छ । बजेट खर्च बढाउने दायित्व सम्बन्धित मन्त्रालय र निकाय रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ । खर्च गर्ने सन्दर्भमा कानूनी समस्याका विषयमा अहिलेसम्म कुनै पनि मन्त्रालयले कार्यालयलाई जानकारी नगराएको बताइएको छ । मधेश प्रदेश सरकारले मधेशमा गौरवको योजनाभन्दा पनि बढी वितरणमुखी योजनालाई प्राथमिकतामा राखेकाले खर्च हुन नसकेको सरोकारवालाको गुनासो छ । मुख्यमन्त्री सरोजकुमार यादवले आर्थिक पारदर्शिता र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै बजेट खर्च बढाउन माघ २२ गते मन्त्रालयहरूलाई १९ बुँदे निर्देशन जारी गरेका थिए । तर मन्त्रीहरूमा टुक्रे योजनाप्रति देखिएको मोहका कारण उनी नेतृत्वको सरकार आलोचित बनेको छ । मधेश प्रदेशको भौतिक विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय लगायतको बजेट खर्च निराशाजनक छ ।

मधेश प्रदेशको बजेट खर्च ५७ प्रतिशत

जनकपुरधाम। मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ५७ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट रू. ४७ अर्ब २४ करोड १५ लाख रुपैयाँ रहेकोमा असार २४ सम्ममा २७ अर्ब २ करोड ४१ लाख मात्रै खर्च भएको हो । कार्यालयका अनुसार मन्त्रालयगत रूपमा सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ७८ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट खर्च भएको छ । मुख्यमन्त्री कार्यालयले २८ दशमलव शून्य ४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । त्यसैगरी मधेश प्रदेशसभाले ६७ दशमलव ७७ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ५८ दशमलव ४९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ७६ दशमलव शून्य ९ प्रतिशत, अर्थ मन्त्रालयले ४४ दशमलव ९४ प्रतिशत, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ५२ दशमलव ३६ प्रतिशत, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले ४७ दशमलव ४१ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४३ दशमलव ९८ प्रतिशत खर्च गरेको छ । प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयले ६४ दशमलव ६३ प्रतिशत, गृह तथा सञ्चार मन्त्रालयले ५२ दशमलव ६१ प्रतिशत, वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४२ दशमलव ९५ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५७ दशमलव ८० प्रतिशत, महिला बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले ५० दशमलव ८६ प्रतिशत, प्रदेश नीति आयोगले १७ दशमलव २३ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारको बजेट खर्च ५७ प्रतिशत !

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित कुल बजेटको जम्मा ५७.४२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

मधेश प्रदेशका कार्यालयको विकास बजेट खर्च ४० प्रतिशत मात्रै

आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा मधेश प्रदेश सरकार मातहतका जिल्लास्थित विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयहरुले ४० प्रतिशत मात्र विकास बजेट खर्च गर्न सकेका छन् ।

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

मधेश : लथालिङ्ग बजेट खर्च छाडेर मुख्यमन्त्री र मन्त्रीहरू बाराको चुनाव प्रचारमा

चालु आर्थिक वर्ष २०७९/८० सकिन अब तीन महिना मात्र बाँकी हुँदा मधेश प्रदेश सरकारको विकास खर्च सन्तोषजनक छैन । तर, मुख्यमन्त्रीदेखि मन्त्रीसम्म यही १० वैशाखमा हुने उपचुनावमा केन्द्रित भएका छन् ।

मधेश प्रदेशमा बजेट खर्च न्यून

काठमाडौं । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको हो । […]

मधेश प्रदेश सरकारद्वारा ३४ प्रतिशत मात्रै बजेट खर्च

मधेश प्रदेश सरकारले यस वर्षको जेठ मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ ।प्रदेश सरकारले विभिन्न मन्त्रालय र मातहतमा रहेको निकायको चालु खर्चतर्फ ४५.१२ प्रतिशत र पुँजीगततर्फ २५.१३ प्रतिशत गरी औसत ३३.९९ प्रतिशत बजेट चालु आर्थिक वर्षको ११ महिनामा खर्च गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा विभिन्न श

मधेश प्रदेशमा विकास बजेट खर्च कमजोर

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशत मात्रै भएको छ ।मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । कुल प्रस्ताविक चालु आर्थिक वर्षको बजेटमा ४४.५० प्रतिशत, पुँजीगत ५५.५० प्रतिशत, […]

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त

मधेश प्रदेश सरकारको चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयलाई ताकेता गरेको छ तर मन्त्रालयहरूले विकास बजेट खर्च बढाउनका लागि चासो नदेखाएकाले मन्त्रालयहरूको बजेट खर्चको अवस्था नाजुक रहको छ । मधेश प्रदेश सरकारले बजेट भाषणमार्फत विनियोजित बजेट ख...