बागलुङ : बागलुङ बरेङका अर्जुन पौडेल राहदानी लिनका लागि जिल्ला प्रशासनका कार्यालय आउन लागेको पाँच दिन भयो। पाँच दिन बितिसक्दा पनि उनले राहदानी हात पार्न सकेका छैनन्।राहदानी फाँटमा काम गर्ने कर्मचारीले केही छिनमा हुन्छ भन्न थालेको पाँच दिन बितिसक्दा पनि काम नबनेपछि अर्जुन निरास देखिन्थे। पाँच दिन बागलुङमा बस्दा खर्चसमेत व्यवस्थापन गर्नुपरेको उनले बताए।‘काम छिटै बन्ला भनेर पैसा पनि थोरै ल्याएको थिएँ, यतिका दिन बसियो, काम बनेको छैन, अझै कति दिन लाग्ने हो ?’, खर्च व्यवस्थापन गर्न पो