गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आज बिदाइ गरिएको हो ।