काठमाण्डाै - शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ । गोरखनाथ अखडाका साधुसन्त...