सहकारीले पैसा नदिएपछि बजार प्रतिनिधिको घरकोठा चहार्दै बचतकर्ता

काठमाडौं । देशको आर्थिक अवस्था अझै सुध्रिसकेको छैन । जसले बैंक तथा वित्तीय संस्था एवं सहकारीहरुमा तरलताको अभाव कायमै छ । तरलता अभाव भन्दै सहकारीले पैसा नदिएपछि अहिले बचतकर्ताहरु समस्यामा परेका छन् । सहकारीले भनेका वेला आफ्नो बचतको रकम नदिएपछि बचतकर्ताहरु आफ्नो पैसा बुझेर लाने बजार प्रतिनिधिहरुको घरकोठा चहार्न थालेका छन् । सहकारीले रकम नदिएकैले […]

सम्बन्धित सामग्री

तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब

समस्याग्रस्त घोषणा गरिएका १८ बाहेक पनि बचतकर्ताको रकम ठगी गरेर भाग्ने सहकारीको संख्या २९३ छ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अनुसार यी सहकारीले नागरिकको एक खर्ब रकम अपचलन गरेका छन् भक्तपुर सूर्यविनायक...

सहकारीविरुद्ध बचतकर्ता सडकमा

खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरू सडकमा उत्रिएका हुन् ।

शिव शिखर सहकारीका सञ्चालक फरार, डुबेको पैसा उठाइदिन प्रहरी गुहार्दै बचतकर्ता

आफूहरूलाई सहकारीले बचत फिर्ता नदिएपछि सहकारीको मुख्य कार्यालय भक्तपुर पुगेका बचतकर्ताहरू खाली हात फिर्ता हुन बाध्य छन् ।

शिव शिखर सहकारीका सञ्चालक फरार, तनावमा बचतकर्ता

केही महिनायता बचत फिर्ताको चेक बोकेर बचतकर्ताहरू दिनहुँ कार्यालय धाउने गरेका छन् । तर, सहकारीले अनेक बहाना देखाएर सेवाग्राहीको बचत रकम फिर्तामा आलटाल गर्दै आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठको सहकारीका बचतकर्ता बिचल्लीमा

पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन्

सहकारीको ठगी : बचतकर्तालाई पैसा उठाउनै सास्ती, सम्बन्धित निकाय मौन

काठमाडौं :  गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेसँगै बचतकर्ता आन्दोलित बनेका छन्। सहकारीमा आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालक सम्पर्कविहीन भएसँगै बचतकर्ता आन्दोलित भएका हुन्।आफूले जम्मा गरेको रकम लिन मंसिर गते आइतबार बोलाएको सहकारीले बचतकर्तालाई झुक्याएर सहकारी बन्द गरी सम्पर्कविहीन भयो।मञ्जुश्री सहकारीले बचतकर्ताको ११ करोडभन्दा बढी रकम नतिरी फरार भएको छ। आजभोलि भन्दै करिब २ महिनादेखि सो सहक

रकम हिनामिनामा संलग्नको उम्मेदवारी खारेजी गर्न माग

नेपालगन्जको । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा बचतकर्ताले जम्मा गरेको ४३ करोड रुपैयाँ अपचलन भएको तीन वर्ष भन्दा बढी भइसकेको छ । आफूहरूले जम्मा गरेको रकम हिनामिना हुँदा निम्न वर्गिय बचतकर्ता पीडामा छन् । छाेरीको बिहेका लागि भन्दै बचत गरेको ११ लाख रुपैयाँ सहकारीले हिनामिना गरेपछि नेपालगन्जकी बचतकर्ता मालती कहार आर्थिक र मानसिक पीडामा भएको […]

रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिंदै देउराली सहकारी संस्था

२० कात्तिक, काठमाडौं । ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ । सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए । बचतकर्ता प्रतिनिधि कमिटीमा […]

बचत फिर्ता गर्न नसकेको देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा

केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरेको छ । बचत फिर्ता गर्न नसकेपछि सहकारीले ठूला बचतकर्तालाई जग्गा दिन थालेको हो । वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विावदका बीच सहकारीले शेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइले बताए। जनताले रातदिन मिहिनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौँलागाइले बताएका छन् । चौलागाँइले चालु पुँजी अभावमा जग्गा दिने बचन दुइ महिना अघि सदस्यहरुको भेला गरेर गरेका थिए । सहकारी समस्यामा परेपछि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउरालीले बताएको छ । सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडी नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ । सहकारीले तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको बताएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ । सहकारीले भनेको छ ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरुलाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास ब्यक्त गर्न चाहन्छौ । त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौ ।’  देउरालीले सम्पुण सदस्यहरु संयमित हुनुपर्ने, सहयोगी हुनुपर्ने, उजुरी बाजुरी तथा चेक बाउन्स गर्ने, काम गर्न असहज बनाइदिने, कर्मचारीहरुलाई तनाब सिर्जना गरिदिने जस्ता कामहरु नगरिदिन पनि अनुरोध गरेको छ । सदस्यहरुबाट त्यो खालको गतिविधि अवका दिनमा नहुने कुरामा विश्वास समेत गरेको सहकारीले जनाएको छ । सहज तरिकाले काम गर्ने वातावरण बनाइदिन सहकारीले सदस्य महानुभावहरुमा अनुरोध समेत गरेको छ । संस्था समस्यामा परेपछि गठन भएको बचतकर्ता प्रतिनिधि कमिटीसँग अध्यक्ष चौलागाइले हरक्षण सहकार्य गर्दै अघि बढेको जनाएका छन् । सोही कमिटीले दर्ता गरेको कम्पनीको नाममा अन्य थप जग्गा पनि धितोको रुपमा पास दिँदै जाने र सो कमिटीसँगको सकहार्यमा यस संस्थाको तरलता संकट व्यवस्थापन हुने चौलागाइले बताएका छन् । अध्यक्ष चौलागाँइले इच्छुक सम्पुर्ण सदस्यहरुलाई पुन नियमित कारोबार गर्न समेत अनुरोध गरेका छन् ।

निक्षेपकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिन्थ्यो सिभिल सहकारी

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले बचतकर्ता आकर्षित गर्न सुनको सिक्का उपहार दिने गरेको खुलेको छ । सोल्टीमोडमा रहेको कार्यालयमा धेरै रकम लिएर आउने निक्षेपकर्तालाई दुई ग्राम तौलको सुनको सिक्का उपहार दिने गरेको खुलेको हो ।बचतकर्ताले दिएको बयानअनुसार इच्छाराज तामाङको सहकारीले आफूहरुलाई ठूलो मात्रामा निक्षेप राखेबापत सुनको सिक्का उपहार दिने गरेको थियो । निक्षेपकर्ता विश्वनाथ सिंहकी श्रीमती जितनीदेवी कोईरीनले सहकारीले आफूहरुलाई २.५ ग्रामको ८ वटा सुनको सिक्का उपहार दिएको बताइन् ।उनले सहकारीमा २०६