भन्सार घटेपछि ह्वात्तै बढ्यो विद्युतीय सवारीको आयात

पछिल्लो समय विद्युतिय सवारीको आयातमा वृद्धि भएको छ। भन्सार महसुल घटेका कारण सवारीको आयात बढेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए।

सम्बन्धित सामग्री

ह्वात्तै बढ्यो विद्युतीय गाडीको आयात, एकै महिनामा करिब ३ हजार ईभी भित्रिए

काठमाडौं । चालू आर्थिक वर्षको समाप्त हुनै लाग्दा विद्युतीय गाडीको आयातमा अत्यधिक वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आइपुग्दा विद्युतीय गाडीहरूको आयातमा वृद्धि भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठ महिना) सम्म ११ हजार ४६६ वटा विद्युतीय कार, भ्यान र जीप […]

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ। गत आवको सोही अवधिमा १ हजार ५५१ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो। गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ यूनिट आर्थत ९०.५२ प्रतिशतले इलेक्ट्रिक कार...

ह्वात्तै बढ्यो विद्युतीय गाडीकाे आयात, १० महिनामा भित्रियो २ हजार ९५५ वटा सवारी

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । गत आवको समीक्षा अवधिमा […]

८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।   क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने । संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ । पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ । आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ । ‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ । २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

ह्वात्तै बढ्यो विदेशी सामानप्रतिको परनिर्भरता

नेपालमा परनिर्भरता बढ्दै गएको छ ।  उत्पादनमा ह्रास आउँदा विदेशी सामानको भर पर्नु परेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । स्वदेशी उत्पादनमा गिरावट आएको छ । त्यसैले विदेशी सामान आयात गर्नुपरेको व्यवसायी बताउँछन् ।  विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा अहिले ५१.१३ प्रतिशत बढी आयात भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदीले खबर लेखेका छन् ।

ह्वात्तै बढ्यो विद्युतीय गाडीको आयात

काठमाडौँ– आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतीय गाडीको अन्तःशुल्क तथा भन्सार शुल्क बढाएका थिए। खतिवडाले अन्तःशुल्क ४० प्रतिशत र भन्सार दर ८० प्रतिशत लिने व्यवस्था गरेका थिए। जसकारण विद्युतीय गाडीको आयात घटेको थियो। यस विषयमा धेरैले आलोचना पनि गरे। तर, सो कुरा परिवर्तन भएन। उसो त प्रधानमन्त्री केपी शर्मा […]

ह्वात्तै बढ्यो मोटरसाइकल आयात ६

अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपा...

पर्व लक्षित आयात हुँदा वीरग‌ंज भन्सारको राजश्व ह्वात्तै बढ्यो

पर्सा : चाडपर्वलाई लक्षित गरी भन्सार नाकाबाट आयात बढ्दा वीरगंज भन्सार कार्यालयको राजश्वको लक्ष्य पनि ह्वात्तै बढेको छ। चालू आर्थिक वर्षको तीन महिनामा वीरगंज भन्सार कार्यालयले कुल ४३ अर्ब १९ करोड १७ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यो लक्ष्यभन्दा १४.४१ प्रतिशत बढी हो अर्थात् पाँच अर्ब ४३ करोड ८४ लाख ३२ हजार रुपैयाँले ...