ह्वात्तै बढ्यो विदेशी सामानप्रतिको परनिर्भरता

नेपालमा परनिर्भरता बढ्दै गएको छ ।  उत्पादनमा ह्रास आउँदा विदेशी सामानको भर पर्नु परेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । स्वदेशी उत्पादनमा गिरावट आएको छ । त्यसैले विदेशी सामान आयात गर्नुपरेको व्यवसायी बताउँछन् ।  विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा अहिले ५१.१३ प्रतिशत बढी आयात भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदीले खबर लेखेका छन् ।