काठमाडौँ : भारतले जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड रुपैयाँ (१० करोड भारु)बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ।आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको खेप ढुवानी गर्यो।त्रिपाल, कम्बल र डसना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिल