प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गरेका छन् । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिए । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ओलीको भनाइ छ । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्कि

सम्बन्धित सामग्री

संसदीय निर्वाचनमा ३ सिट जितेर देखाउन माधवलाई ओलीको चुनौती

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैँमाथि प्रहार गरेको उनको आरोप छ ।काठमाडौँमा शुक्रबार पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै ओलीले माधव […]

माधवलाई ओलीको चुनौती- संसदीय चुनावमा ३ सिट ल्याएर देखाउ त !

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन नेपाललाई ओलीको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिएका छन्। ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र...

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् । यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको […]

आफूलाई हटाएर देखाउन ओलीको चुनौती, प्रचण्ड-नेपाल भन्छन्ः ओली पाहा झैं पछारिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहलाई चुनौति दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।’ उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो । एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ?’ अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै ...

प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को संज्ञा दिँदै ओलीको चुनौती : ल हटाएर देखाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ र अर्का अध्यक्ष माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिनुभएको छ । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘मिस्टर कन्फर्टेवल’ र ‘मिस्टर हेल्लो’ (प्रचण्ड–नेपाल) ले देश बर्बाद पार्न लागेको आरोप लगाउनुभयो । उहाँले आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिँदै आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । ‘एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उहाँले भन्नुभयो, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’ प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले प्रचण्ड र माधव नेपालले कांग्रेस र राजपा नेताहरुलाई भेट्न गएकोपनि उनीहरुले वास्ता नगरेपछि निराश भएको बताउनुभयो । ‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ ओलीले भन्नुभयो, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन् ।’ ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिनुभयो ।

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रम ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका छन् । झापा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् ।

प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्। शनिबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

प्रचण्ड-नेपाल समूहलाई ओलीको चुनौती : २ अंकको सिट ल्याएर देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड-माधव नेपाल समूहलाई २ अंकको सिट ल्याएर देखाउन चुनौती दिएका छन्